लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लक्ष्मणघाटदेखि पर्रोहासम्म साईक्लिङ जलापर्ण सकियो

IMG

तिलोत्तमा सिटी,१८ साउन २०७८,सोमबार। धार्मिक पर्यटन प्रवद्घन गर्ने उदेश्यसहित रुपन्देहीमा जलापर्ण कार्यक्रम हुने भएको छ। रुपन्देहीका ५ वटा क्लबहरुको संयुक्त आयोजनामा सोमबार श्रावणी साईक्लिङ जलापर्ण कार्यक्रम गरेको छ। आईतबार बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटि बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल ग्रुपको पदाधिकारीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको आयोजनाका बारेमा कार्यक्रमका संय‍ोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले बताएका थिए। बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान शुरु भएको यात्रा कपिलबस्तुको लक्ष्मणघाट पुगेर जल लिएर सैनामैना पर्रोहा परेश्वर धाममा जलापर्ण गरिएको उनले बताए।जलापर्ण कार्यक्रमको टिसर्ट अघिल्लो दिन नै सामुहिक रुपमा लन्च गरिएको थियो। 


बुटवल कालिकानगरस्थित शिवालय मन्दिरबाट शुरु भै यात्रा कपिलबस्तुको पवित्रस्थल लक्ष्मणघाट पुगेर जल लिई सैनामैनास्थित पर्रोहा परमेश्वर धाममा जलापर्ण गरेर सकिएको उनले बताए। करीब १ सय किलोमिटर दुरी साईकलमार्फत पूरा गरिएको  धार्मिक यात्रामा आर्थिक भौतिक सहयोग गर्नुभएका बुटवलमा उद्योगी ब्यापारी तथा समाजसेवीहरु चन्द्र प्रकाश पौडेल, कपिल खड्का, नित्यानन्द ज्ञवाली, रुद्र भण्डारी, गोपाल घिमिरेलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।


कार्यक्रममा समाजसेवीहरु चन्द्रप्रकाश पौडेलले धार्मिक आस्थामा युवाहरुको अगुवाई गराउदै पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण कामको तारिफ गरे।साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सबै साईकिले साथीहरु बिच भातृत्व विकास गर्दै एकतावद्घ गराउनु नै यस कार्यक्रमको उदेश्य भएको बताए।बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, ह्याप्पी क्लबका सल्लाहकार गणेश श्रेष्ठ, रबिलाल सुवेदीले अहिले मोफसलमा साईकल संस्कृति विकास भएको र यस प्रति सबैको रुचि बढेको बताए।

कमेन्ट गर्नुहोस्