लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभरका शिक्षक मन्त्रालय र स्थानीयतह अगाडी रिले अनसनमा

IMG

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत देशभर रिले अनसन गरेको छ ।  हरेक स्थानीय तह, जिल्ला शिक्षा तथा समन्वय इकाई, प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालय र केन्द्रमा माइतीघर मण्डलामा अनसन कार्यक्रम गरिएको हो ।शिक्षक महासंघ लुम्बिनीले पनि सामाजिक विकास मन्त्रालय बुटवलमा रिले अनसनको गरेको हाे  । बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म कार्यक्रम भएको थियाे ।महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक कुलप्रसाद लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।संयोजक लामिछानेले शिक्षकहरुप्रति राज्यको विभेदपूर्ण नीतिका कारण आन्दोलनमा उत्रन बाध्य भएको बताउदै मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।त्यस्तै जिल्ला शिक्षा तथा समन्वय इकाई रुपन्देही तथा जिल्लाका १६ वटै स्थानीय तहमा रिने अनसन कार्यक्रम सम्पन्न भएको छ । अनसनमा महासंघमा आवद्ध शिक्षक संघ संस्थाका पदाधिकारीहरु, सदस्यहरु तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।


महासंघले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने, शैक्षिक क्षेत्रका लागि छुट्टै मर्यादाक्रम कायम हुनुपर्ने, निजामती कर्मचारी सरह तलव भत्ता र ग्रेडिङको व्यवस्था हुनुपर्ने, विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरुको पालना गर्नुपर्ने माग गर्दै आएको छ ।यस्तै तत्काल संघीय शिक्षा ऐन लागू गर्न, स्थानीय तहबाट हुने  शिक्षक सरुवा रोक्न, शिक्षक कर्मचारी स्वास्थ्य कोषको व्यवस्था गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्नुुपर्ने लगायतका ३४ बुँदे माग राखेर चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ । त्यसो त तिलोत्तमा नगरपालिका प्रसासनिक भवन अगाडी पनि नेपाल शिक्षक महासंघ तिलोत्तमाले रिले अनसन गरेको छ।  अनसनका बारेमा बताउदै स्थानिय बिद्यालयका प्र अ समेत रहेका प्रचण्ड जिसीले सबै शिक्षकको हक अधिकार र सबै खालका माग पुरा नभएसम्म हामी यो आन्दोलनलाइ अगाडी बढाउने बताएका छन्। यता बुटवल उपमहानगरपालिकामा पनि नेपाल शिक्षक महासंघ बुटवलले रिले अनसन गरेको छ ।नेपाल शिक्षक महासंघ बुटवलको आन्दोलन परिचालन समितिका संयोजक नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष टिकाराम शर्मा पौड्यालको नेतृत्वमा दिनभर रिले अनसन भएको थियाे भने सो अनसनमा विभिन्न नगरका शिक्षकहरुको उपस्थिति रहेको थियो । 

कमेन्ट गर्नुहोस्