
तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। तिलोत्तामाका स्वास्थ्य सस्थामा यहि साउन १५ गते शुक्रबार कोरोना भाइरस विरुद्धको जोन्स एन्ड जोन्सन खोप लगाइँदै छ । एक मात्रा लगाए पुग्ने सो खोप तिलोत्तामाका स्वास्थ्य सस्थामा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई साथै अति अशक्त,अपांगता भएका व्यक्तिहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीलाई समेत खोप लगाइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तिलोत्तामाका नगरपालिकाका १७ ओटै वडाका सबै खोप केन्द्र्रमा लगाइने खोप हाललाई ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकृत मोति प्रसाद पौडेलले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाका लागि जोन्सन एन्ड जोन्सनको खोप आइसकेको र सबै स्वास्थ्य सस्थामा सो खोप पुर्याइसकिएको नगरपालिकाका कोरोना फोकल पर्सन स्वास्थ्य अधिकृत केशव भट्टराईले तिलोत्तमा सिटीलाई जानकारी दिनुभएको छ । ५० देखि ५४ वर्ष भित्रकालाई प्राथमिकता दिएर साथै अति अशक्त,अपांगता भएका व्यक्तिहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीलाई समेत खोप लगाइने र केहि दिन पछि साउन १ र २ गते खोप लगाउन छुट भएका सबैलाई सोहि भेरोसेल खोप लगाइने भट्टराईले जानकारी दिनुभयो । खोप कार्यक्रम यहि साउन १५ गते शुक्रबार बिहान १० बजेदेखि शुरुहुने र ५ बजे सम्म सेवा दिइने स्वास्थ्य अधिकृत भट्टराईको भनाई छ।
कमेन्ट गर्नुहोस्