लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा निषेधाज्ञा साउन ३२ गतेसम्म, स्वरुप फरक

tillotmacitynews - 2021 Jul 29 04:30 PM
IMG

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। रुपन्देहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको दरमा केही कमि आएता पनि जोखिम कायम रहेकाले साउन ३२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय हो ।असार ३१ गते जारी गरेको नियमलाई निरन्तरता दिदैँ साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । निषेधाज्ञा लम्बिए पनि जिल्लामा सवारी साधन सञ्चालन गर्न, भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्न भने पाइने साहयक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।


यस्तै सार्वजनिक यातायातमा सिट क्षमताका आधारमा आधा यात्रु राखि ५० प्रतिशत बढी भाडा लिन पाइने छ भने अनिवार्य रुपमा सबै यात्रुले मास्क लगाउने, चालक र सहचालकले मास्क र भाईचर प्रयोग गर्नु पर्ने छ । साथै सार्वजनिक सवारी साधनको ढोकामा अनिर्वाय रुपमा सेनिटाईजर राख्नु पर्ने छ ।


कमेन्ट गर्नुहोस्