लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिइन् निहारिका

IMG

तिलोत्तमा सिटी,११ साउन २०७८,सोमवार। रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट निहारिका ज्ञवाली आउन भएकी छन् । शनिबारको उत्कृष्ट ९  प्रतिष्पर्धामा उनी बाहिरिएकी हुन् । टीम प्रमोदमा रहेकी निहारिका भोट कम भएको कारणले शोबाट बाहिरिन पुगेकी हुन् । प्रतिस्पर्धामा टिम दीपबाट आर्यन तामाङ र गोभिन पुन, टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीष, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच अब प्रतिस्पर्धा हुनेछ ।यो प्रतिस्पर्धामा हरेक टीमबाट एक–एक जना विजेता रहनेछन् । ती बिजेता मध्यबाट एक उत्कृष्ट छानिनेछन् ।

कमेन्ट गर्नुहोस्