लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एन्फा प्रवक्ताले भने : प्रशिक्षकको राजीनामा आएको छैन

tillotmacitynews - 2021 Jul 25 12:32 PM
IMG

तिलोत्तमा सिटी,१० साउन २०७८,आईतवार।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जनाएको छ ।एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अलमुताइरीको घोषणाबारेमा जानकारी लिने बताए । उनले प्रशिक्षकको राजीनामा घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने बताए । अल्मुताइरीले राजीनामा दिने घोषणा फेसबुकमा मात्रै गरेकाले आधिकारिक रुपमा एन्फामा राजीनामा नआएको पनि प्रवक्ता राईले बताए ।


‘उहाँलाई के भएको हो भन्दा म चाहिं तनावमा छु भन्नुभयो । अहिले लिखित रुपमा राजीनामा आएको छैन । तनावमा छु भनेपछि तपाईं आराम गर्नुस् भनें,’ प्रवक्ता राईले भने ।मुख्य प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको आइतबार फेसबुकमार्फत बताएका थिए । तर नेम्वाङले भने पछिल्लो समय अल्मुताइरीसँग आफ्नो संवाद नै नभएको भन्दै यसको खण्डन गरेका छन् ।‘वरिष्ठ उपाध्यक्षले पनि आफ्नो धारणा दिइसक्नुभएको छ । हामी यो विषयमा अध्ययनमा छौँ र केही समयपछि पत्ता लगाउँछौं,’ प्रवक्ता राईले भने, ‘कन्फ्युजनको कारणले पनि हुन सक्छ ।’ उनले एन्फाभित्रको राजनीतिका कारण अल्मुताइरीे राजीनामा घोषणा गरेको हुन नसक्ने बताए ।उनले खेलाडीको प्रशिक्षणमा भने यसले कुनै प्रभाव नपार्ने स्पष्ट पारे । प्रशिक्षक अलमुताइरीले एन्फा पुगेर अध्यक्ष कर्माछिरिङ शेर्पासंग पनि छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्