लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुरानो टिप्पिकल भाकामा"घरझगडा"

IMG

तिलोत्तमा सिटी,६ साउन २०७८,बुधवार।  निर्देशक समेत बनेका प्रदिप कंडेलले मिलाउन नखोजेका पनि होइनन तर मिलेन।  देशमा अहिले घरझगडाले सत्तानै अरुको कब्जामा गएको त प्रस्ट देखियो तर साच्चिकै घर झगडाले परिवार मात्रै हैन परिवारका सदस्य समेत तहस नहस गर्दछ।  यहि टिप्पिकल गाऊको साझा घटनालाई टपक्कै टिपेर आफ्नो कलाको कापीमा उतारेका शब्द संकलक प्रदिप कंडेलले भर्चुअल दर्शक लागि पेश गरेको गीत हो घरझगडा।  निरन्तर लामो समयदेखि निर्देशन तथा मोडलिङ्गमा समेत दर्जिएका कंडेल पछिल्लो समय यो गीत घर झगडासंगै पुन: चर्चामा रहेका छन्।  बिशिष्ठ कलाकारका अभिनय र गायन तथा प्रस्तुतिले गीतको कडी समाएको छ।  

बुहारीले माइत जान्छु भन्छिन कसो गर्ने हो ?

पठाउन त मेसो मिलाई पक्कै पर्ने हो!

लौन बुडी यसपाली त जोरम साइत......


कोदो गोड्न त्यसै छ,या नाघी सक्यो भदौ १०...... 

पर्याछैन माइत जान चुप लागेर बस...

यो वर्षको तीजलाई लक्षित गरेर नयाँ तीज भाका घर झगडा…को भिडियो बजारमा आएको छ । यो गीतलाई सञ्चारकर्मी तथा गीतकार प्रदीप कँडेलले बजारमा ल्याएका हुन् । अहिलेका चर्चित लोकगायक पशुपति शर्मासँगै शर्मिला गुरुङ, यज्ञ सापकोटा, सलिना अधिकारी र कल्पना सिग्देलले यो गीत गाएका छन् । जसमा यज्ञ सापकोटाको संगीत र कृष्ण केसीको संगीत संयोजन रहेको छ । गीतलाई काठमाडौंको मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडियोलाई अकालदेवी म्युजिकले बजारमा ल्याएको हो । यो गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।भिडियोमा बरिष्ठ कलाकार लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, अनिता बस्नेत, सुनिल खनाल, जिया अर्याल, इश्वर भन्डारी, खेम, गोमलगायतको अभिनय छ । गीतलाई बीरेन्द्र भट्टले खिचेका हुन् । जसलाई अविनास डिसीको सम्पादन छ ।


हेर्दा आनन्द लाग्ने यस गीत जो कोहीको घरमा पनि भैसकेको हो कि जस्तो अनुभव समेत हुन्छ।  छोटो समयमै ठुलो भियु र दर्शकको माया बटुल्न सकेको यो गीतले सफलता पाउनेमा शब्द संकलक कंडेल ढुक्क छन्। 

http://

कमेन्ट गर्नुहोस्