
तिलोत्तमा सिटी,४ साउन २०७८,सोमवार। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् । अहिले डल्लुमा छलफल जारी रहेको एक नेताले जानकारी दिए । आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
कमेन्ट गर्नुहोस्