लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नीलमको‘द्रौपदी अवशेष’ सार्वजनिक

IMG

तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार।  हुम्लाको कथा बोकेको असिम मायाले भरिएको नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’  सार्वजनिक भएको छ । ‘द्रौपदी अवशेष’ उपन्यासको औपचारिक विमोचन शुक्रबार हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा भएको हो ।उपन्यास हुम्लाको उच्च हिमाली भेगमा बहुपति प्रथामा आधारित रहेको लेखकले बताएकी छिन् । द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास भएको प्रकाशकले जनाएको छ ।


लेखक नीलमले भनिन् -बहुपति प्रथामा आधारित उपन्यास हाे,सबैले माया गरिदिनुहाेला । उनले भनिन् -जुन माटोको कथा थियो त्यही लोकार्पण भएकोमा म निकै खुसी छु । स्थानीयको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको छु, र यसलाई त्यही भूमिमा सार्वजनिक गर्न सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दछु । हुम्लामा हिमपातको कारण मेरा पात्र हुम्लाबाट नेपालगन्जका लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ ।


हुम्लामा पानी परिरहेको कारण नेपालगन्जबाट हुम्लाको लागि जहाज नउडेको हुँदा पुस्तक दुई दिन ढिला गरि हुम्ला पुगेको आजको यथार्थ हो । यही यस्तै यथार्थ सँगसँगै समाज अघि बढिरहेको छ । बहुपति प्रथा एक संस्कृति हो । भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष-परोक्ष सम्बन्ध रहेको छ । यही संस्कृतिलाई आख्यानमार्फत पाठकसामु पुर्याौउने मेरो प्रयास हो – द्रौपदी अवशेष ।


कमेन्ट गर्नुहोस्