
तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। रुपन्देहीमा कोरोना संक्रमण विरुद्धको खोप वितरण भद्रगोल भएको छ । सरकारले मागभन्दा कम खोप उपलब्ध गराएपछि खाेप अभियान भद्रगोल भएको हो । स्वास्थ्यमन्त्रालयले नै खोप प्राप्त गर्ने लक्षित वर्गहरु छुट्याएर वितरणका लागि निर्देशन गरेपनि सोही अनुसार खोप स्थानीय निकायहरुमा नपठाउँदा समस्या भएको हो। स्वास्थ्य मन्त्रालयले साउन १ र २ गते ५५ वर्षदेखि ६२ वर्ष उमेर समूहका, यसअघि खोप लगाउन छुटेका ६२ वर्ष माथिका नागरिक तथा शिक्षक र चालक तथा सहचालकहरुलाई खोप उपलब्ध गराउन निर्देशन गर्दै स्थानीय निकायहरुमा खोप पठाएपनि प्रयाप्त नभएपछि वितरण भद्रगोल भएको देखिएको छ।
बिहानै बाट ७०० जना भन्दा बढी लाइन लगाएका छन् तर खोप मात्र ३ सय आएको छ , तिलोत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दधिराम गौतमले बताए। त्यति मात्रै होइन तिलोत्तमाको ब्यस्त बजार मानिने मणिग्रामको वडा तिलोत्तमा ५ मा समेत उही समस्या भएको वडा अध्यक्ष चेत नारायण भण्डारीले बताए। हामि हरुले निकै कोसिस गर्यौ पुर्याउन तर सकिएन भन्दै लाइन मा जनता उभ्याउनु नमिठो क्षण भएको तिलोत्तमा वार्ड नम्बर १ का अध्यक्ष तामानाथ पाण्डेले बताए। त्यसो त तिलोत्तमा नगरपालिकाले साउन १ गते उमेर समुहका लागि तथा शिक्षकहरुका लागि विभिन्न केन्द्रबाट खोप लगाउने व्यवस्था गरे पनि प्रयाप्त नभएपछि अधिकांश सेवाग्राही त्यसै फर्किनु परेको थियो । यसैगरी खोप लगाउन नपाएपछि सेवाग्राही निराश देखिएका थिए । विहान ५ बजेदेखि नै लाइनमा बसेका सेवाग्राहीहरु दिउँसो खोपबिनानै फर्कनु परेको थियो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि आवश्यक मात्रामा उलब्ध नभएपछि खोप वितरण कार्यक्रम स्वरुप नै परिवर्तन गर्नु परेको छ । तिलोत्तमामा मन्त्रालयबाट प्राप्त ५ हजार ५ सय खोप मध्य पहिलो दिन सबै वडाहरुमा गरी ४ हजार ६६६ जनलाई उपलब्ध गराइएको नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराए । दोस्रो दिन आज वडा नम्बर १६ र १७ का नागरिकलाई उपलब्ध गराइएको उनले बताए ।सरकारले खोप प्राप्त गर्ने लक्षित समूहको क्षेत्र ठूलो बनाउने तर, खोप मागभन्दा कम उपलब्ध गराउँदा त्यसको अपजस स्थानीय सरकारले लिनु परेको भन्दै गुनासो व्यक्त गरे । सरकारले उल्लेख गरे अनुसार तिलोत्तमामा ५५ वर्ष माथि उमेर समूहका, बैंक तथा वित्तीय संस्थाहरुमा यसअघि खोप लगाउन छुट भएका तथा शिक्षकहरुलाई लगाइएको छ । सरकारले उपलब्ध गराएको भेरोसेल खोप लगाउनका लागि केन्द्रमा आएका सेवाग्राहीहरु समेत घण्टौं लाइनमा बसेर त्यसै फर्किनु परेको उनले बताए । सरकारले अव्यवहारिक रुपमा खोप लगाउन निर्देशन दिने तर, सोही अनुसारको आपूर्ति गर्न नसक्दा जनताले स्थानीय निकायहरुलाई गाली गर्नु पर्ने अवस्था सिर्जना भएकोप्रति उनले दुःख व्यक्त गरे ।
सरकारले यसअघि नै लक्षित समूह तोकेर खोप उलब्ध गराउन भन्दै स्थानीय निकायहरुमा खोप पठाए पनि माग अनुसार नहुँदा जनताले दुःख पाउनु परेको छ । जिल्लाका अन्य स्थानीय निकायहरुमा समेत आवश्यक मात्रामा खोप उपलब्ध नहुँदा सेवाग्राहीहरु घण्टौं लाइनमा बसेर खोपबिनानै फर्किएका छन् ।
कमेन्ट गर्नुहोस्