लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा शुक्रबारदेखि ४ दिनसम्म राजस्व सम्बन्धि कारोबार बन्द

IMG

तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार।  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबारदेखि ४ दिनका लागि राजश्व सम्बन्धि सबै कारोबार बन्द हुने भएको छ । नगरपालिका अन्तरगत रहेका सबै वडा कार्यालयहरुमा समेत साउन ४ गतेसम्म राजश्वसँग सम्बन्धित कारोबार बन्द हुनेभएको हो ।नगरपालिकाले आज एक सुचना जारी गर्दै नयाँ आर्थिक वर्ष २०७८/७९ का लागि आर्थिक ऐन २०७८ बमोजिम राजस्वको सफ्वेयरलाई अद्यावधिक गर्नुपर्ने भएकोले काम बन्द गर्नु परेको जनाएको छ ।


‘श्रावण १ गतेदेखि ४ गतेसम्म यस नगरपालिकाको सबै वडा कार्यालयहरु लगायत मुख्य प्रशासनिक कार्यालयमा राजस्व सम्बन्धि सबै कारोबार बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’- जारी सुचनामा उल्लेख गरिएको छ । श्रावण ५ गतेबाट यथावत् रुपमा सबै कारोबार सूचारु हुने नगरपालिकाले जनाएको छ।



कमेन्ट गर्नुहोस्