लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको निरन्तरतामा आजको बिचार

IMG

तिलोत्तमा सिटी १ साउन २०७८, शुक्रवार।  "कुनै पनि कुरा टल्काउनका लागि घोट्नै पर्छ" , महान दार्शनिक रुमिको यस अभिव्यक्तिलाई टपक्क टिपेर आजको बिचारमा राखीएको छ। यस अभिव्यक्तिले कुनै पनि सफलता प्राप्त गर्न त्यस प्रतिको इमान्दारी, मेहनत र निरन्तरतालाई जोड दिनु पर्ने संदेश फैलाएको देखिन्छ। भनिन्छ, शब्द या श्लोकमा भएको शक्ति अदृश्य भएपनि कालान्तरमा त्यसले राम्रो प्रभाव छोडेको हुन्छ। कुनै पनि शब्दले मानिसको जिवनमा नयाँ जोश र जाँगर अनि प्रेरणा समेत ल्याउन सक्छ। हरेक दिनको असल शुरवात गर्न कुनै प्रेरणादायी भनाई समेत कसैको जिवनमा सकारात्मक पाटो बनेर देखिन सक्छ।  त्यसैले त् होला तिलोत्तमा नगरपालिकाको भर्याङ्ग को पहिलो तल्ला पार गर्ने बित्तिकै आउछ निरन्तर अगाडी बगिरहेको तिलोत्तमा नगरपालिकाको आजको बिचार।

 



नेपालमै उत्कृस्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थापना भै स्थानिय तहको निर्बाचनपछि जनप्रतिनिधिको आगमनसंगै शुरुवात भएको सो बिचारले नेपालमै यस्तो कार्यको शुरुवात पहिलो पटक गरेको हो। यो आजको बिचारले आजसम्म पनि फरक विचारका साथ् आफ्नो सकारात्मक धारणालाई मजबुत बनाउने गरि आफ्नो स्थान जमाइरहेको छ।  अझ भनौ यो बिचारमा हरेक दिन नयाँ ऊर्जा आउने खालका शब्द अभिव्यक्ति र भनाइहरुले जो कसैको ध्यान पनि तानिरहेको देखिन्छ।  नगरपालिका जाने जो कोहि कर्मचारी , जनप्रतिनिधि, सेवाग्राही या अन्य जो कोहिले यसलाई एक पटक हेरेरै प्रवेश गर्ने या त्यसको अनुसरण गर्ने गरेको पाइन्छ।  यसले बिहानै ताजा र फ्रेस मुडमा नया आयाम थपेको छ।  भर्याङ्गको एक तल्ला उक्लिने बित्तिकै काठको पोर्डियममा टाँस गरि दैनिक अपडेट गरिने सो अभिव्यक्तिको दैनिक अपडेट नगरपालिकाको योजना शाखाकी सिता भण्डारीले गर्छिन।  उनि भन्छिन- "यो तपाइँ हाम्रो सबैको प्रेरणा र ऊर्जाको लागि राखिएको हो , जुनसुकै मुडमा यहा प्रवेश गरेतापनि त्यो सोचलाई सकारात्मक तर्फ ढाल्ने कोसिस हो यो , यसमा मेरो आफ्नो बिचार मात्र प्रकट हुने होइन यहा सबैको बिचार र सोच अटाउने कोसिस हामीले गरेका छौ।"उनि थप्छिन- "यो शुरुवात हामिलाइ निकै राम्रो लागेको हो, नेपालमा कुनै सरकारी कार्यालयमा सायदै कहिँ छ जस्तो लाग्दैन तर यहा हामीले निरन्तरता दिएका छौ। कामको शुरुवात गर्नु अघि हामी यसको ब्यबस्थापनतर्फ ध्यान दिदै दैनिक नयाँ नयाँ प्रेरणादायी बिचारहरुलाई स्थान दिदै आएका छौ, अदृश्य भएपनि यो सबैको मनमा बस्न सफल रहेको छ।"  


हुन पनि हो, आजको बिचारले नगरपालिका प्रवेश गर्ने जो कसैको मन तान्छ,जसले नयाँ उमङ्ग र ऊर्जा अनि प्रेरणा दिने कोसिस समेत गरेको छ। त्यसो त तिलोत्तमा नगरपालिकामा हरेक कोठा कोठामा र भर्याङ्गका भित्ता भित्तामा समेत कलात्मक कुदेका तस्बीर हरु देखिन्छ त्यसले नगरपालिकाको सुन्दरतालाई झन् निखारता र आफैमा सुगन्ध थप्ने काम गरेको छ। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तामाकै स्थानिय कालिगढद्वारा कुदीं पेण्ट गरिएको थान्का पोस्टरहरुमा यहाको स्थानिय कला सस्कृति, रितिरिवाज , पेशा भाषा धारमा र दैनिक जिबन यापनका कुरालाई अभिव्यक्त गरिएकोले त्यसको लोप हुन् नदिन पनि नगरपालिकाको भित्ता कलात्मक तस्बीरले सजाइएको बताएका छन्।  नगरप्रमुख घिमिरेले यहाका स्थानिय कलम र कलालाइ मन भित्रै बाट सम्मान रहेको भन्दै नगरपालिकाले त्यस्ता कलात्मक सिप र उत्पादन मुलक कार्यको खुलेर प्रशंशा गर्ने बताएका छन्।  

 





कमेन्ट गर्नुहोस्