लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मङ्गलापुरमा इन्स्पेक्टर आउने पक्का,शान्ति सुरक्षामा थप सुधार हुने

IMG

तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार। रुपन्देहीको सुगम तथा उत्कृस्ट नगरपालिका तिलोत्तमाको मङ्गलापुरमा रहेको इलाका प्रहरी कार्यालयको स्तरोन्नति भै प्रहरी निरिक्षक को कमाण्डमा शुरु हुने भएको छ।यसअघि सईद्वारा कमाण्डको लिडिङ्ग गरिएको र प्रहरीको थोरै दरबन्दीमा पुरा तिलोत्तमाको सुरक्षा दिनुपर्दा भ्याइनभ्याइ थियो। अहिले सो प्रहरी कार्यालय स्तरउन्नती भई प्रहरी निरिक्षकको नेतृत्वमा आबश्यक कमान्ड सहित श्रावण ३ गतेबाट कार्य प्रारम्भ गर्ने भएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो। इलाका प्रहरी कार्यालय मङ्गलापुरको कार्यक्षेत्र धेरै भएको तर संख्यात्मक हिसाबले त्यो सबै सम्भव नभएको तितो अनुभवले गर्दा पुर्ब गृहमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष सो प्रस्ताव लिएर गएकोमा सो कार्य पुरा भएको नगरप्रमुख घिमिरेले बताउनुभएको छ।




तिलोत्तमा र यस आसपासको क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य सुधार हुने अपेक्षा गरीएको नगरप्रमुख घिमिरेले तिलोत्तमा सिटी संग बताउनुभयो। सो कार्यमा सहयोग गर्नु हुने पूर्व गृह मन्त्री तथा नेकपा एमाले सांसद बिष्णु प्रसाद पौडेलप्रति कृतज्ञता व्यक्त गर्दै नगर प्रमुख घिमिरेले ब्यबस्थापनमा सहयोगी भूमिका खेल्नुहुने प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुलाई समेत धन्यवाद दिदै सबै नगरबासीमा शान्ति सुरक्षा र अमनचयनको यो कार्यमा सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो। 


इलाका प्रहरी कार्यालयमा हाल ट्राफिक र प्रहरी गरि १७ जना प्रहरीले सेवा दिदै आएका छन्। समग्र तिलोत्तमा  नगरपालिकालाइ शान्ति सुरक्षाको लागि खट्दा घटना दुर्घटना धेरै हुदा समय दिन नभ्याएको तितो यथार्थ अब समाधान हुने र नगरबासीको सुरक्षाका निम्ति सधै अघि बढिरहने सो कार्यालयका इन्चार्ज लक्ष्मण डाँगीले बताउनुभयो।  

कमेन्ट गर्नुहोस्