
असार २७ गते आईतबार २०७८ तिलोत्तमा सिटी। तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा नगरका टोल बिकाश सस्थाका प्रतिनिधिमुलक २ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। नगरको सभाहलमा सम्पन्न सो अभिमुखीकरण तालिममा टोल बिकाश सस्थामा भएका समास्या समाधान र नीति योजना बिकाश निर्माणका पक्षमा सहजीकरण गरिएको थियो। नगरपालिकाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको संचालनमा भएको सो कार्यक्रममा टोल बिकाश सस्थाका समस्या, समाधान र बिकाश निर्माणमा टोल बिकाश सस्थाको भूमिकाको बिषयमा सहजीकरण गरिएको थियो।
पहिलो दिनको समुद्घाटन कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै कार्यबाहक नगरप्रमुख जागेश्वरदेवी चौधरीले जनप्रतिनिधिको चाहना अनुरुपको काममा टोलटोलबाट सहयोग गर्ने सबैप्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो। नगरको सबै टोलटोलमा परेका समस्यालाई आफ्नै समस्या ठानेर अघि बढ्नुपर्ने भन्दै सबै नगरबासीको लागि सुशासन , पारदर्शिता, बिकाश र समृद्दीको बाटोमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। दोस्रो दिन समेत प्रमुख अतिथिको रुपमा उपस्थित हुदै उपप्रमुख जागेश्वर देवी चौधरीले सबै तोलाको प्रतिनिधित्व गरेर आउनुभएका नगर संजाल मा चयन सबैप्रति धन्यबाद सहित बधाई ज्ञापन गर्नुभएको छ।
नगरपालिकामा रहेका सबै वार्डका टोल बिकाश सस्थाका प्रतिनिधिमुलक सहभागिता रहेको सो अभिमुखीकरण तालिममा नगरपालिकाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले सहजीकरण गर्नुभएको हो। सो कार्यक्रममा बोल्दै नगर प्रबक्ता समेत रहेका सुरेन्द्र श्रीले टोल बिकाशले देखाएको अग्रसरता र मेहनतले नगरपालिका उत्कृस्ट बनेको र आगामी दिनमा समेत टोलमा परेका समस्याहरुलाई नजिकबाट नियालेर त्यसको समाधानका लागि सदैब तयार रहन आग्रह गर्नुभयो।नगर प्रबक्ता श्रीले जनप्रतिनिधिको योजना र म्यान्डेड अनुसार टोलमा रहेका बिकाश निर्माणका पूर्वाधार , स्वास्थ्य शिक्षा , सुचना र सामाजिक सद्भावका लागि टोल बिकाश समितिले शुरुवात देखि सर्हानिय काम गर्दै आएकोमा खुसि ब्यक्त गर्नुभयो। उहाले नगर टोल बिकाश सस्थाबात प्रतिनिधित्व गर्दै नगर सञ्जालमा चयन हुनुहुने सबैलाई बधाई ज्ञापन गर्दै अझै प्रगतिको शुभकामना समेत दिनुभएको थियो।
सहजीकरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले टोल बिकाश सस्थामा रहेर नगरको सर्बाङ्घिण बिकाशका लागि खटिने सबै प्रतिनिधि पात्रहरुमा धन्यबाद समेत ब्यक्त गर्दै आगामी दिनमा अझै जुझारु भएर लाग्न आग्रह गर्नुभयो। उहाले नगरको प्रसासनिक कार्यबाट सदैव साथ् रहने भन्दै टोल बिकाश सस्थाले बिकाश निर्माणको कार्यमा पनि अझै क्रियाशील भएर नियाल्न आग्रह गर्नुभयो। कार्यक्रममा पहिलो दिन अभिमुखीकरण तालिमसंगै जिज्ञासाका समाधान मै सहजीकरण गरिएको थियो भने दोस्रो दिन टोल बिकाश सस्था नगर संजाल समेत गठन गरिएको छ।
१७ वडाबाट एक-एक प्रतिनिधि रहने गरि गठन गरिएको संजालको अध्यक्ष तथा संयोजकमा हेमराज पौडेल चयन हुनुभएको छ भने उपसंयोजकमा टोपलाल खनाल चयन हुनुभएको छ। त्यस्तै सचिबमा सिता शर्मा पौडेल , कोशाध्यक्षमा हरिनारायण थारु , सदस्यहरुमा सुनिल कुमार पाण्डे, डोलबहादुर थापा, कोष बहादुर बस्नेत, डिल्लीराज पाण्डे, सुर्यप्रसाद खनाल, राजुमान गुरुङ, लक्ष्मण शाही, कृष्ण प्रसाद पौडेल , घनलाल पौडेल, हरि प्रसाद काफ्ले, देव बहादुर बगाले, उमाशंकर खड्का, बालकृष्ण बस्याल , बालकृष्ण तिवारी रहेका छन्। त्यस्तै मनोनित सदस्यमा जंग बहादुर बुढाप्रिथि, सिता शर्मा पौडेल, मञ्जु गाहा रहनुभएको सामाजिक शाखाकी बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले बताउनुभयो।
कमेन्ट गर्नुहोस्