लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नमस्ते नेपालले गर्यो एम्बुलेन्स चालक र प्रहरीलाई सम्मान

IMG

असार २६ गते शनिबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमामा क्रियाशील सामाजिक सस्था नमस्ते नेपालले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ४ जना व्यक्तिहरुलाई शनिबार तिलोत्तमाको बनबाटिकामा सम्मान गरेको छ। आफू र आफ्नो परिवारलाई समेत जोखिममा पारेर खटिएका २ जना एम्बुलेन्स चालक र २ जना सुरक्षाकर्मीलाई सम्मान गरिएको हो । आफ्नो ज्यान नै जोखिममा पारेर खटिएका उनीहरुलाई लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका हुन्।


सम्मानित हुनेमा तिलोत्तमा नगरपालिका रुपन्देहिका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी देवी चौधरीको नगरद्वारा संचालित स्कार्पियोलाई एम्बुलेन्स बनाई चलाउने चालकहरु राजु शर्मा र हरि ठाकुर तथा सुरक्षामा खटिएका प्रहरी जवान दिपेन्द्र कार्की र सुकनारायण श्रेष्ठ रहेका छन् । कोभिड्को दोस्रो भेरीयण्टले जनता त्राहि त्राहि भएको बेला दुवै जना एम्बुलेन्स चालक संक्रमितलाई अस्पताल पुर्‍याउने तथा संक्रमितको मृत्यु भएपछि दाहसंस्कारका लागि घाटसम्म लैजाने कार्यमा सहयोग गर्दै आएका थिए । कोभिड–१९ महामारीमा अरु एम्बुलेन्स चालकहरु खट्न नमानेको अवस्थामा उनीहरुले अगाडि सरेर सेवा दिएका थिए । यसैगरी सम्मानित हुनेमा दिनरात नभनी आइसुलेसन तथा सडक सुरक्षामा खटिएका प्रहरी जवान रहेका छन् ।दुवै जना प्रहरी कर्मचारीले विरामीहरु औषधि व्यवस्थापनमा समेत सहयोग पुर्‍याएका थिए । 

कमेन्ट गर्नुहोस्