
सहबान अन्सारी, असार २५ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। नवलपरासीमा लागुऔषध सहित १ जना युवक पक्राउ परेका छन । शुक्रवार ईलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी गोवरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ३ पिपरामौवा स्थित अन टेस्ट अपाचे मोटरसाईकल लाई रोकी चेकजाँच गर्दा मोटरसाईकलको लेगगार्डमा झुण्डाई ल्याएको बोराको झोलाभित्र आलुसंगै लुकाई छिपाई राखेको नुफिन ३२० एम्पुल, फेनारागन ३२० एम्पुल र डाईजापाम ३२० एम्पुल लागुऔषध फेला परेको हो । ।
पक्राउ परेका मोटरसाईकल चालक सरावल गाँउपालिका वडा नं.३ बड्सारे बस्ने २२ बर्षिय शिव चन्द कोईरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।यसैगरी प्रहरीले ९४ हजार ७ सय मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याउदै गरेको बिभिन्न मोबाईल तथा मोबाईलका पार्टपुर्जा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरि टोलीले नियन्त्रणमा लिएको हो ।उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल सहित मानिस भागेका थिए । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्