लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा आलुको शीतभण्डार,आत्मनिर्भर हुने बाटो तय

IMG

आषाढ १७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। मकै, गहु, तरकारी, दुध, र मासुमा समेत आत्मनिर्भर बनिरहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब आलुमा आत्मनिर्भर हुने बाटो तय गरेको छ। आलु पकेट क्षेत्रको रुपमा तिलोत्तमा १० मा रहेको आलुबारिले उब्जाएको आलु अहिले शीत भण्डार राखिएको छ। तिलोत्तमा नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोग र प्रगतिशिल महिला विकास बहूदेश्यिय सहकारी सस्था लिमिटेडको व्यवस्थापनमा संचालित ब्यबसायीक आलु उत्पादन एवं बिऊ वृद्धि कार्यक्रम अन्तर्गत सो कार्य गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो। सस्थाले नगरपालिका र युएनडिपीको संयुक्त अनुदान सहयोगमा आगामी बर्षको लागि विभिन्न समूहहरूको ९९० क्विन्टल आलु विऊ शितभण्डारण गरेको छ। सो शीतभण्डारमा राखिएको हालको सिजनको आलुले बिउको रुपमा प्रति कठ्ठा ५० कि.ग्रा.का दरले रोप्दा ९९ बिघाहलाई पुग्ने र  त्यसबाट करिब १९८०० क्विन्टल आलु उत्पादन हुने नगरप्रमुख घिमिरेले बताउनुभयो।आफै अनुगमनमा गएका नगरप्रमुख घिमिरेले तिलोत्तमाका नागरीकहरुले यहाँको मात्र आलु उपभोग गर्यौ भने पनि २४ हजार घर परिवारलाई प्रति परिवार मासिक ७ कि.ग्रा.आलु पुग्ने अनुमान गर्नुभएको छ। 


तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा नगर भित्रका १० वटा वडाको लगभग ६२ बिगाहा क्षेत्रफ़लमा किसानहरुले अघिल्लो बर्ष सामुहिक आलु खेति शुरु गरेका हुन्।परम्परागत खेति गर्दै आएका रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमाका किसानहरु अहिले प्रविधियुक्त आधुनिक आलुखेती तर्फ उत्साहित देखिएका हुन्।दुर्गा मन्दिर अन्नबाली कृषक समुह तिलोत्तमा-१० कान्छीबजारका अध्यक्ष बिक्रम केसीले कृषकको मेहनत र उर्जाले आलुखेतीबारे आफुहरु अझ उत्साहित र जागरुक बनेको प्रतिक्रिया दिएका छन्।  शुरु शुरुमा किसानहरु यस खेतीमा परम्परागत कृषि तरिकालाई प्रबिधिसंग जोड्दा अनविज्ञ रहेपनि अहिले त्यो अनविज्ञता नरहेको बताएका छन्।


तिलोत्तमा नगरका ४,६,७,८,१०,१२,१६ मा लगाइएको आलु किसानहरुको लागि छाता सस्था भै कार्य गरेको तिलोत्तमा-१० बेहोरा स्थित प्रगतिशील महिला बहु उदेश्यीय सहकारी सस्था लिमिटेडको ब्यबस्थापनमा शीतभण्डार गरि राखिएको अध्यक्ष सिता न्यौपानेले बताइन।तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा शुरु गरिएको सो आलु खेतीबाट उत्पादित आलुलाई शीतभण्डारका   लागि नगरपालिकाले सक्दो सहयोग गरेकोले किसानका लागि अझ धेरै प्रेरणा मिलेको प्रगतिशील महिला बहु-उदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष सिता न्यौपानेले बताइन। त्यस्तै आलुखेतिकै बिषयमा सोहि सहकारीकी ब्यबस्थापक जमुना गीरीले युएनडिपीसंगै स्थानिय तहको सहयोगले सहकारीलाई ब्यबसायिक कृषितर्फ़ उत्साहित गराएको र कृषकलाई घरमै स्वरोजगार प्रदान गरेको बताइन। सो चाक्लाबन्दीबाट गरिएको खेतीको २० वटा समुहले आ-आफ्ना खेतीयोग्य जमिन र बाझो जमिन लिजमा लिएर आलु खेति गरिएको छ।

कमेन्ट गर्नुहोस्