
असार १५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले आफैले असारे गीत गाएका छन् त्यो पनि स्थानिय भाषामा। नगरप्रमुख ले गाउने उपप्रमुख प्रबक्ता , वडा अध्यक्षले लहर छोप्ने गर्दै धान रोप्न माहिर मेयर बासुदेव घिमिरे बिउ बोक्ने, फाल्ने रोप्ने र बाहुसे गर्नमा ब्यस्त देखिन्थे। आफूमै एउटा किसानको छोरो हु भनेर गौरव गर्ने नगरप्रमुख बासुदेव घिमिरे बिहानै किसानकै पारामा खेत पसे। त्यसमा उनि एक्लै थिएनन्,उनलाई खेताला बाहुसे, हली, र कृषि प्राबिधिक समेतले कृषककै भूमिकामा जनप्रतिनिधि र कर्मचारीले साथ् दिएका थिए। राष्ट्रिय धान दिवसको अवसरमा आज तिलोत्तमा नगरपालिकाको साथैं विभिन्न सहकारी, टोल विकास संस्थालगायतले आयोजना गरेको धान रोपाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका तथा नगरसभा सदस्यहरुले सहभागिता जनाउनुभएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंगलबार असार १५ को अवसर पारेर १८ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाएको छ ।वडा नं. ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसरको खेतमा धान दिवस मनाइएको हो । दिवसको अवसरमा नगरपालिकाको आफ्नै झण्डै चार विगाहा खेत मध्ये धेरै जसोमा अनुसन्धानात्मक फलफुल खेती गर्ने तयारि गरेको छ भने अन्य खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिनुभयो । रोपाइँ महोत्सवमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, नगर प्रबक्ता सुरेन्द्र श्री, वडा अध्यक्ष सुखदेव न्यौपाने, चेत नारायण भण्डारी, राधा शाही ठकुरी, गायत्री पाण्डे, हर्ष रम्तेल,वडा सदस्य लगायतका जनप्रतिनिधि, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो ।
रोपाइँको लागि जनप्रतिनिधिहरु बिहानैं सातै बजे खेतमा जुटेर उत्साहित रुपमा धान रोपाइँमा सहभागी भएका थिए । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्यदिन मंगलबार तिलोत्तमाका जनप्रतिनिधिहरु धान रोपाईंमा जुटेका हुन् । नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्नेगरी रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकैं तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै कृषिमा व्यवसायिकता र बाझो जमिनमा खेती गर्न सबैलाई अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । निर्वाहमुखी कृषिले किसानको जीवनस्तर उठ्न नसक्ने चर्चा गर्दै उहाँले तिलोत्तमाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । वडाध्यक्ष सुखदेव न्यौपानेले रोपाइँमा सहयोग पुर्याउने जनप्रतिनिधि, वडा सदस्यमित्रहरु, कर्मचारी तथा प्राबिधिक र स्वास्थ्यकर्मी सबैप्रति आभार व्यक्त गर्नुभयो ।
यसैबीच तिलोत्तमामा कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने अघिल्लो बर्षको निर्णयपछि बाँझो रहने जग्गामा समेत अहिले झनै बढी रोपाइँ भएको हो । कुल खेतीयोग्य जमिन ८ हजार ४४९ हेक्टरमध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ७५ प्रतिशत जग्गामा रोपाइँ हुने कृषि शाखाको तथ्यांक छ । यस वर्ष सिचाइको समेत राम्रो सुबिधा र आकाशे पानीको भरमा खेती गर्नेहरुका लागि समेत सहज भएकाले जेठ दोस्रो साताबाटैं तिलोत्तमामा रोपाइँ सुरु भएकोमा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
कमेन्ट गर्नुहोस्