
असार ८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।“समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर : सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने नारालाई निरन्तरता दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ कालागि १ अर्व ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।मंगलबार नगरसभामा आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी देवी चौधरीले दोस्रो लहरको कोरोना महामारीको कारण विश्वभर देखा परेको संकट र अर्थतन्त्रमा पारेको असहज अवस्थामा बजेट ल्याउनु पर्दा नगरबासीहरुको बिकासको ब्यग्र चाहनालाई पुर्ण रुपमा समेटन नसकेको बताईन ।
चालुतर्फ जम्मा रु. ९० करोड २० लाख ४३ हजार रुपैया (५१.१० प्रतिशत ) र पूजीगततर्फ रु. ८६ करोड ५५ लाख ८५ हजार ५ सय ७४ रुपैया (४८.९० प्रतिशत) खर्च प्रस्ताव गरिएको छ । त्यसमा सामाजिक सूरक्षा तर्फको २२ करोड समावेस नगरिएको नगरपालिकाको बजेट पुस्तिकामा उल्लेख छ ।
यसबर्ष तिलोत्तमाले आन्तरिक राजश्वतर्फ ४४ करोड १ लाख ९ हजार २ सय ८७ रुपैया, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ५० करोड ७५ लाख १९ हजार २ सय ८७ रुपैया, लागत सहभागिताबाट ४ करोड प्राप्त हुने लक्ष्य लिइएको जनाएको छ ।
गत आर्थिक बर्ष तिलोत्तमा नगरपालिकाले चालुतर्फ ७५ करोड १ लाख २१ हजार ५ सय ६० र पूजिगत तर्फ रु. १ अर्व १२ करोड २५ लाख ५१ हजार गरी रु.१ अर्व ८९ करोड ६ लाख ७२ हजार ५ सय ६४ को बजेट प्रस्तुत गरेको थियो ।चौधरीले नगरपालिकाले अगाडी सारेको “समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर ः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर“ सहितको दुरदृष्टि र नगरबासीलाई सर्वसुलभ, भरपर्दो, गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराई नगरवासीहरुको जीवनस्तरमा क्रमिक सुधार ल्याउन तय गरिएको गन्तव्य लाई मूर्तरुप दिन नगर सरकार कटिवद्ध रहेको बताईन ।
कमेन्ट गर्नुहोस्