लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फिल्म ‘टालो’मा ‘छाउपडी’को कथा (फिल्म भिडियो सहित )

tillotmacitynews - 2021 Jun 20 01:33 PM
IMG

असार ६ गते आईतबार २०७८ तिलोत्तमा सिटी।सुदूरपश्चिमका पहाडी भेगमा प्रचलित कुप्रथा ‘छाउपडी’को बिषयमा फिल्म ‘टालो’ निर्माण भएको छ । रीम विश्वकर्माको कथा र दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको फिल्ममा रीम विश्वकर्मा, अन्जली खड्का, प्रेमदेव गिरी, सुशिला सिंजापती, सुशिला सिं, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी , लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।


छाउपडी जस्तो कुप्रथा उन्मुलनमा सहयोग पुर्याउने उदेश्यले फिल्म निर्माण गरिएको निर्माता समेत रहेका रीम विश्वकर्माले बताए ।निहारिका फिल्म प्रालीको ब्यानरमा बनेको फिल्मका छायाँकन योगेश शाक्य, नृत्य खगेन्द्र हिमाल, संगीत नरेश पाण्डे, द्धोन्द उत्तम रिमालको रहेको छ ।केही दिन अगाडि युट्युवबाट सार्वजनिक यो फिल्म ट्रेनिङमा समेत पर्न सफल भएको छ । 

कमेन्ट गर्नुहोस्