लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीकि पत्रकार पाण्डेद्धारा ३० विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग

IMG

जेष्ठ २६ गते बुध बार २०७८ तिलोत्तमा सिटी। नेपाल पत्रकार महासंघ रुपन्देहीकि कार्यसमिती सदस्य तथा क्रियाशील पत्रकार कमला पाण्डे (हरिकला)ले कोरोना महामारी र निषेधाज्ञाको मारमा परेका ३० विपन्न परिवारलाई राहत वितरण गरेकी छिन् । नेपाल प्रेस युनियन रुपन्देहीकि कार्यसमिति सदस्य रहेकी पाण्डेले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका मायादेवी गाउँपालिका- ३ का ३० विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गरेकी हुन् ।मायादेवी गाउँपालिका ३ कि मद्रशा स्कुलकी प्राचार्य बेलमाया सुवेदीले लकडाउनका कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेको जानकारी दिएपछि पाण्डे लगाएतको टोली घरमै पुगि खाद्यान्न वितरण गरेको हो ।


२० केजी चामल ,३ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगाएतका खाद्य सामाग्री हस्तान्तरण गरिएको पत्रकार पाण्डेले बताईन् ।उनले कोरोना महामारीको वेला लकडाउनले समस्या परेकालाई चुलो बाल्न केही हदसम्म भएपनि सहयोग पुग्ने बताईन् ।रुपन्देहीमा वर्षौदेखि पत्रकारीतामा क्रियाशील पाण्डे रेडियो नमस्तेकि स्टेशन म्यानेजर समेत हुन् । राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस संगठन विभाग सदस्य कल्याण पौडेल, महिला विभाग जिल्ला सदस्य यादा क्षेत्री, प्रशासन विभाग सदस्य हिरा पौडेल, समाजसेवी रमेश गैरे, रमेस पाण्डे, विनोद न्यौपाने लगाएतको उपस्थित रहेको थियो ।खाद्य सामग्री पाएपछि मजदुरी गर्दै आएका राजदेव यादव लगाएत धन्यवाद समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्