लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सेवागर्दै आएको वीपी स्टडी युथ सर्कलले गर्यो टि-शर्ट सार्वजनिक, सर्कलको प्रदेशभर प्रशंसा

IMG

जेष्ठ २६ गते बुध बार २०७८ तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा स्थापना कालको छोटो समयमै चर्चा बटुल्न सफल वीपी स्टडी युथ सर्कल उम्बिनी प्रदेशले मुख्य कार्यालय तिलोत्तमा बाट आफ्नो ड्रेस सार्बजनिक गरेको छ। जननायक बिपि कोइरालाको जिबन संघर्ष, उनको बिचार, साहित्य, दर्शन र उनका विभिन्न पुस्तकहरूको अध्ययन, बिचार र विमर्शको लागि देशैभरी बिपि कोइराला अध्ययन समुह गठन कार्य भै रहेको छ। त्यसो त लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण गौतमले निषेधाज्ञा शुर देखि नै राहत र सामजिक सहयोगको कार्य अघि बढाउदै आएका छन्। कोभिड को जोखिम न्यूनीकरण गर्न भर्चुवल माध्यम बाट विभिन्न खाले बैठक गर्दै अघि बढेको यस सर्कलले बिपी कोइरालाको अनुहार सहित अर्धकद को तस्बीर अंकित टि सर्ट सार्बजनिक गरेको छ।   




` सेवा नै धर्म´ भन्दै निषेधाज्ञाको कारण समस्यामा परेका गरिब, दुखी, अशाय, पिछडिएका वर्ग तथा सरकारको नजरमा नपरेका नेपालिहरुलाइ वीपी स्टडि युथ सर्कललका केन्द्र, प्रदेस तथा स्थानीयतहमा गाठित विभिन्न समितिहरुले देशैभरी निषेधाज्ञा सुरु भए लगत्तै विभिन्न प्रकारका राहत कार्यक्रमहरु गर्दै आइरहेको छ ।विभिन्न कार्यक्रमहरुको शिलशिलामा आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश समितिले टिसर्ट (T-Shirt) सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमा स्थित बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण गौतमको निवासमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।कोरोना महामारीका बिच टि-शर्ट बितरण कार्यक्रममा रुपन्देहीका विभिन्न स्थानिय तहका संयोजक , जिल्ला कार्यसमिति , प्रदेश कार्यसमितीका पदाधीकारीहरु र केन्द्रिय सदस्यको उपस्थित रहेको थियो । प्रदेश अध्यक्ष गौतमको भनाइ अनुसार सर्कलले धेरै ब्यक्तीलाई आमन्त्रण गर्ने इक्षा हुदाहुदै पनि कोरोना महामारीका बिच सामान्य कार्यक्रम गर्नुपरेको बताउनुभएको थियो । 



उहाँले सर्कलले विभिन्न ठाउँमा अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै आइरहेको र मानवसेवा नै मुल धर्म रहेको भनाईलाई आत्मसात गर्दै सहयोगी ब्यक्ती तथा संस्था बाट आएको रकम र सहयोग रुपन्देही जिल्लाभरका बिपन्नलाई हस्तान्तरण गर्न पाउँदा साच्चिकै धर्म गरेको आवास भएको बताउनुभएको थियो । साथै उहाँले अव देशमा बैचारिक ब्यक्ती र बैचारिक राजनीति जस्ले गर्न सक्छ उस्लाई हरेक ब्यक्तीले साथ र सहयोग गर्ने हुदा बैचारिक राजनीति गर्न समस्तलाई आव्हान गर्नुभएको थियो । स्थापना भएको छोटो समयमा विभिन्न सामाजिक काम गरि चर्चा कमाएको बिपी स्टडी युथ सर्कललाई लुम्बिनी प्रदेशभर प्रशंसा समेत गरिएको एक जानकार बताउनुहुन्छ । बिपी स्टडी युथ सर्कलमा नेबी संघ , तरुण दल , महिला संघ लगायत संगठनको राजनीतिले पोक्त परेका ब्यक्तिहरुको संलग्नता रहेको पनि छ।


हाल ३०० बढी गरिव तथा असहायहरुलाई राहत बितरण कार्य भैसकेको बताउने लुम्बिनी प्रदेशका सर्कल अधय्क्ष लक्ष्मण गौतमले निषेधाज्ञा असार पछि पनि लम्बिए अझै राहत को प्याकेज ल्याउने बताए। उनले त्यसपछि विभिन्न खालको युवा केन्द्रित रचनात्मक कार्य गर्ने बताएका छन्।  

कमेन्ट गर्नुहोस्