
जेष्ठ २४ गते सोमबार २०७८ तिलोत्तमा सिटी।नेपालमा कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको हो ।यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ । अहिलेको सालमा आएको दोस्रो र तेस्रो भेरियण्टले गत बर्ष भन्दा बढी ज्यान गएको तथ्यांकले बताएकोले गर्दा खोप प्रति धेरैको आशा जागेको छ। त्यही अनुकुलतालाई मध्येनजर गरि तिलोत्तमा नगरपालिकाले भोलि जेष्ठ २५ गते मंगलबार देखि ६२ बर्ष देखि ६४ बर्ष उमेर सम्मका ज्येष्ठ नागरिकहरुलाई भेरोसिल खोपको पहिलो डोज दिने भएको हो। नगरपालिकाले आफ्नो सामाजिक संजाल पेजमा सो सुचना राख्दै सो उमेर समुहका वार्ड बासीहरुलाई आफ्नो उमेर खुल्ने कागजात सहित स्वास्थ्य मापदण्ड पुरा गरेर तोकेको स्वास्थ्य चौकीमा आइ खोप लगाउन आग्रह गरिएको छ।
नगरपालिकाका ७ स्वास्थ्यचौकी र एक आधारभूत स्वास्थ्य चौकीमा सो सेवा २५ गतेका लागि तय गरिएको नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो। उहाले खोप सबैका लागि छिट्टै औनेहुदा अहिले ६२ देखि ६४ बर्ष उमेर समुहका व्यक्तिलाई पहिलो चराण्को खोप लगाउन थालिएको र केहि दिन भित्रै अरु उमेर समुहकालागी खोप आउने बताउनुभयो। तिलोत्तमा नगरपालिका नगरबासीलाई खोप लगाउनको लागि भरपुर लागिपरेको बताउदै नगरप्रमुख घिमिरेले जनप्रतिनिधिहरु नगरका जनताका निम्ति स्वस्थको क्षेत्रमा समेत गम्भीर रहेको बताउनुभयो। भोलि जेष्ठ २५ गते नगरपालिकाका विभिन्न सबै वडाका ६२ देखि ६४ वर्ष उमेरका नागरिकहरुले स्वास्थ्यचौकी आएर कोभिड बिरुद्धको भेरोसिल खोप लगाउन नगरप्रमुख बासुदेव घिमिरेले आग्रह गर्नुभएको छ।
खोपबारे विभिन्न कुरा आइरहेपछि ढुक्कले खोप लगाउन ज्येष्ठ नागरिकको सुझाव छ । प्राथमिकताका आधारमा खोप लगाउने क्रममा अब ज्येष्ठ नागरिकले खोप लगाउने पालो आएको छ तर कतिपय ज्येष्ठ नागरिकले प्राथमिकताका आधारमा खोप लगाइसक्नुभएको छ । खोप लगाउन बाँकी ज्येष्ठ नागरिक खोपप्रति उत्साहित हुनुहुन्छ। यो अवधिमा आइपुग्दासम्म साढे चार लाखले पहिलो चरणको खोप सेवा पाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा खोप लगाएको आठदेखि १२ हप्तासम्म अर्को खोप लगाउँदा प्रभावकारी हुने अनुसन्धानात्मक सुझाव आइसकेकाले आठ हप्तापछि मात्र लगाउने निर्णय गरेको जनाएको छ ।तपाईं कुन वडा बस्नुहुन्छ हेर्नुहोस तालिका र समय :
कमेन्ट गर्नुहोस्