लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नल हेल्थ केयर र एचओडि सेल्स नेपालले दियो कोरोना बिरुद्धका औषधी सामाग्री

IMG

जेष्ठ २३ गते आइतबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा स्थित वडा नम्बर ६ को कार्यालयलाई नल हेल्थ केयर प्रालि र एचओडि सेल्स नेपालको सहयोगमा औषधी प्रदान गरिएको छ। कोरोनाको संक्रमण हुदा इम्युनिटी पावर बढाउने नोलकेयर १६ पकेट तथा फेर्रोनल २३ पकेट गरि करिब  एकलाख को औषधी हस्तान्तरण गरेको छ। 


कोरोना महामारीको बेला कोरोना बाट थला परेका लाइ केहि भएपनि राहत हुन्छ भन्ने उदेश्यका साथ् नल हेल्थ केयर प्रालिका धुर्व सिंह ले औषधि दिएको बताएका छन्। एचओडि सेल्स नेपाल तथा लुम्बिनी फ्रीडम मिडिया तिलोत्तमा सिटीका शिव सुबेदी को समन्वयमा गरिएको कार्यक्रममा वडा अध्यक्ष सुख देव न्यौपानेले सहयोग प्रति धन्यबाद दिनुभएको थियो। सोमबार वडामा एण्टिजोन परिक्षण हुने भएकाले त्यहा कोरोना पोजिटिभ देखिएका वा त्यस्ता समस्या भएकालाई स्वास्थ्यकर्मीको निगरानी र सल्लाहमा औषधी वितरण गरिने र अरु औषधी स्वास्थ्य चौकीमा राखिने वडा अध्यक्ष सुखदेव न्यौपानेले बताउनु भयो ।


यस महामारीमा पनि यसरि सहयोग गर्न पाउदा आफुलाई खुसि लागेको सहयोगी सस्थाका संचालक धुर्व सिंहले बताउनुभयो।  सोहि अवसरमा   वडा सचिब कृष्ण बहादुर क्षेत्रि तथा वडा नम्बर १ का सदस्य नेत्र प्रसाद खनाल को समेत उपस्थिति रहेको थियो। औपचारिक हस्तान्तरण कार्यक्रमको संचालन शिव सुबेदीले गर्नुभएको थियो।  

कमेन्ट गर्नुहोस्