
जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी।विश्व वातावरण दिवश २०७८ जेठ २२ गते (५ जुन) "नयां साेंच र सिर्जना ,प्राकृतिक प्रणालीकाे पुनर्स्थापना (Ecosystem Restoration) नाराका साथ मनाइएको छ। तिलाेत्तमा नगरपालिकाको सहयाेग र तिलाेत्तमा सामुदायिक पार्क वडा नं ६ काे आयोजनामा सामुदायिक पार्ककाे खाली जमिनमा विभिन्न प्रकारका बिरुवा राेपण गरि वृक्षारोपण सप्ताहकाे उद्घाटन कार्यक्रम सम्पन्न गरिएकाे छ। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेकाे प्रमुख आतिथ्यतामा सन्चालन गरिएकाे सो कार्यक्रममा करिब २ सय बिरुवा लगाइएको छ।
पार्कमा कपुर, धुपी, हेज र सिउडी प्रजातीका विरुवा रोप्न थालिएको र एक साता सम्म बृक्षा रोपण गरिने संस्थाका उपाध्यक्ष श्याम न्यौपानेले बताउनु भयो । संस्थाले आफै पार्कमा विरुवा तयार गरि बृक्षा रोपण शुरु गरेको छ ।साताव्यापी बृक्षा रोपण कार्यक्रमको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले शुभारम्भ गदै संस्थाले गरेको सराहनी काममा नगरपालिकाको सधै साथ र सहयोग रहने बताउनुभयो।कोरोनाले थला परेको समयमा पार्कमा हरियाली वनाउने र फूलको अनुसन्धान स्थलका रुपमा विकास गर्ने संस्थाको सोचले वातावरणमा अक्सिजनको कमीलाई समेत केही टेवा पुराउने मेयर घिमिरेले बताउनु भयो ।
संस्थाका उपाध्यक्ष श्याम न्याैपानेको अध्यक्षता तथा सह-सचिव दुर्गा न्याैपानेको स्वागतमा शुरु सो कार्यक्रम मित्र बन्धु पाठकले गर्नुभएकाे थियाे। सप्ताहव्यापी रुपमा करिव २५ हजार बिरुवा राेपणा गर्ने लक्ष्य लिएकाे सो कार्यक्रमकाे उद्घाटन बाताबरण दिवसको आवसरमा गरिएको हो।सो वृक्षारोपण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष श्री दिवाकर ढकाल, वडा नम्बर ६ का अध्यक्ष सुखदेव न्याैपाने, पार्क समिती पदाधिकारी, सदस्य , स्थानिय आमा समूह, सामुदायिक वनका अध्यक्ष, स्थानीय युवा समाजसेवी लगायतकाे उपस्थिति रहेको थियाे।
कमेन्ट गर्नुहोस्