
जेष्ठ १८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण गर्ने भएको छ। नगरपालिकाले वडा स्तरिय मितिसहितको प्रेस विज्ञप्ति जारी गर्दै एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण गर्ने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभएको छ । एण्टिजेन परिक्षण सशक्त देखिएमा वा सो परिक्षणमा भाइरस पोजिटिभ आएमा तुरुन्तै पिसिआर गरिने उनको भनाइ छ।
हाल विश्व भरि नै महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाममा लागि नेपाल सरकारबाट अति प्रभावित स्थानमा निशुल्क एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण हुन लागेको हुँदा मिति २०७८ साल जेष्ठ १९ गते देखि २६ गतेसम्म नगरपालिकाको स्वास्थ्य शाखाको उपस्थितिमा सो परिक्षण गरिने भएको हो। सबै नगरभित्रका वडाबासी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका, बैंक/वित्तीय संस्थाका कर्मचारी, सवारी साधन चालक /एम्बुलेन्स चालक, कोभिड १९ का लक्षण भएका तथा संक्रमित संग सम्पर्क भएका ब्यक्तिहरु, बिभिन्न व्यवसाय गर्ने ब्यपारी आदि समुहमा परिक्षण गरिने भएको छ।स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल द्वारा जारि बिज्ञप्ति सुचनामा परिक्षण गर्न आउने ले अनिबार्य मास्क, सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने बताइएको छ। एण्टिजेन परिक्षण गर्ने वडा अनुसारको तालिका यसप्रकार छ।
कमेन्ट गर्नुहोस्