लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

करहिया खानेपानीले गर्यो तिलोत्तमाको आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

IMG

जेष्ठ १६ गते आइतबार २०७८ तिलोत्तमा सिटी। करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आज एक कार्यक्रमका बिच तिलोत्तमा-०९ केवलानी स्थित तिलोत्तमा नगरपालिकाको सभाहलमा रहेको आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाका अध्यक्ष यम बहादुर पुनले कोरोना सङ्क्रमित विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै करिव ७० हजार बराबरका स्वास्थ्य सामाग्री स्ट्रेचर ,ह्विल चेयर र फ्रिज प्रदान गर्नुभएको छ । उहाँले आइसोलेसन अस्पताललाई सहयोग गर्न पाउँदा खुशी भएको बताउँदै कोभिड महामारीलाई मध्यनजर गरी करहिया खानेपानीका उपभोक्तालाई १ महिनाको महशुल छुट गरिएको समेत जानकारी दिनुभयो ।



तत्कालका लागि तिलोत्तमा-०९, केवलानी स्थित तिलोत्तमा नगरपालिकाको अस्थायी कोभिड-१९ अस्पतालमा प्रयोग हुने गरी र अस्थायी अस्पताल बन्द भएको खण्डमा तिलोत्तमा-०९ को आधारभुत स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने गरी तिलोत्तमा-०९ का वडाध्यक्ष नारायण न्यौपानेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस्थाका सदस्य तथा मङ्गलापुर टोल विकास संस्थाका अध्यक्ष कमल प्रसाद कंडेलले जानकारी दिनुभयो ।छोटो समयमै कोरोना अस्थायी अस्पताल तयार पारी कोरोना संक्रमितलाई सेवा प्रदान गर्न सकिएकोमा खुसी व्यक्त गर्दै तिलोत्तमा-०९ का वडाध्यक्ष नारायण न्यौपानेले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगी मनहरुलाई आभार प्रकट गर्नुभयो ।

कमेन्ट गर्नुहोस्