लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोतमा नगरबासीको घर डुबान वा केहि भबितब्य भए फोन गर्नुस हामीलाई

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।  तिलोत्तमा नगरपालिकाले बर्षाका कारण केहि क्षति भएमा या डुबान भएमा अथवा केहि भबितब्य भएमा सम्पर्क गर्न सुझाएको छ।  नगर प्रबक्ता सुरेन्द्र श्रीले सामाजिक संजालमा सो कुरा पोस्ट गर्दै तिलोत्तमा नगर क्षेत्र भित्र तिब्र डुबान तथा अन्य कुनै किसिमको जोखिम र समस्या परेको छ भने आबश्यक सुचनाको लागि अनुरोध समेत गरेका छन्। बिपत तथा बाताबरण ब्यबस्थापन समिती संयोजक समेत रहेका नगर प्रबक्ता सुरेन्द्र श्रीले आफुलाई सिधा सम्पर्क गर्न आफ्नो मोबाइल नम्बर ९८५७०३५७१३ र नगरपालिकाका ईन्जिनियर  बाताबरण शाखा प्रमुख गिरिराज डुम्रेको ९८५७०२०१९७ नम्बरमा सम्पर्क समेत गरिदिन आग्रह गरेका छन। 


फेसबुक तथा सामाजिक संजालको पहुँच नहुने हरुका लागि हुनेले सहयोग गरि फोन गरिदिने र नजिकको टोल बिकाश सस्था , जनप्रतिनिधि या नगरपालिकामै आएर समेत सो को बारेमा जानकारी दिनुहुन बिनम्र अनुरोध समेत गरेका छन्। लगातार ४ दिन देखि परिरहेको बर्षाले हालसम्म कुनै किसिमको क्षति नगरेको जानकारी आएकोले त्यस्ता किसिमको बिपत्ति आइलागे सम्पर्क गर्न प्रबक्ता श्रीले अनुरोध गरेका छन्।  अघिल्लो बर्ष तिलोत्तमका केहि क्षेत्रमा डुबान समेत भएको थियो भने रातारात नगरप्रमुख बासुदेव घिमिरे सहितको टोलिले राहत बितरण तथा डुबान क्षेत्रलाई सहजीकरण र स्थानान्तरणमा सहयोग गरेको थियो। 



कमेन्ट गर्नुहोस्