लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रियल जोडी रीलमा ‘गल्ती के भयो’ भन्दै आए चिरन्जीवी र प्रमिला

IMG

जेष्ठ १२ गते बुधबार २०७८ तिलोत्तमा सिटी। एकपछि अर्को नया संगीत संगालो लिएर बजारमा चर्चा कमाउन सफल गीतकार संगीतकार तथा गायक चिरनजिवी भण्डारीले आफ्नै रियल जोडीलाई लिएर नया म्युजिक भिडियो सार्बजनिक गरेका छन्। गायक चिरन्जीवी भण्डारीको स्वर रहेको नयाँ गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको हो। सुरेन्द्र महर्जन ‘अमर’का शब्द र गायक भण्डारीकै संगीत रहेको गीतमा सन्जिव बराइली र आशिष लामाको एरेन्ज रहेको छ ।



बियोगान्त यो गीतको भिडियोमा प्रेमील जोडीको रुपमा चिरन्जीवी भण्डारी र प्रमिला श्रेष्ठले अभिनय गरेका छन् । चिरन्जीवी र प्रमिला रियलका पनि जोडी हुन् । प्रेमीले छोडेपछिको पिडा भिडियोमा देखाउन खोजिएको छ । धिरज खत्रीको निर्देशन, केशव विश्वकर्माको छायाँंकन रहेको भिडियोमा मोहन सुनुवार ‘नविन’को सम्पादन छ । 


निकै मिठो कथा बुनेर आखालाई शितल दिए द्र्श्यमा छायांकन गरिएको सो म्युजिक भिडियोलाई सार्बजनिक भएलगत्तै दर्शक स्रोताले धेरै मन पराएका छन्।  टिकटक मा समेत भिराल बनिरहेको म्युजिक भिडियोमा रियल जोडी जम्ने पक्का देखिन्छ। 

कमेन्ट गर्नुहोस्