लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

IMG

जेष्ठ ११ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ ।संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो ।मालीमा नौ महिनाअघि मात्र सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो ।सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको यो । पुनर्गठनको क्रममा गत वर्ष भएको ‘सैन्य कू’मा संलग्न दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएको थियो ।उनीहरुले पुनः सैन्य कू गर्न सक्ने आशंका बढेसँगै सरकारले उनीहरुलाई पदबाट हटाएको थियो ।


यो अन्तरिम सरकारमा सेनाको ठूलो प्रभाव रहेको भन्दै मानिसहरुले विरोध गर्दै आएका थिए ।यसअघि मालीमा भएको सैन्य कूको फाइदा उठाउँदै इस्लामिक चरमपन्थी संगठनले मालीको एक क्षेत्रमा आफ्नो कब्जा जमाएका थिए । त्यसपछि फ्रान्सेली सेनाले उक्त जमिन फिर्ता ल्याउन मालीको सहयोग गरेको थियो । तर, त्यसपछि भने अहिले आक्रमण भने भइरहेको छ ।संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले अहिले नियन्त्रणमा लिइएका नेताहरुलाई विनाशर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

कमेन्ट गर्नुहोस्