लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना उपचारको ६ हप्ताभित्र ब्ल्याक फङ्गसको जोखिम

IMG

जेष्ठ ९ गते आइतबार २०७८ तिलोत्तमा सिटी। कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने गरेकामा कोरोना सङ्क्रमणका कारण पनि हुने गरेको एम्सका न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरदचन्द्रले बताएको समाचारसंस्था एएनआइले जनाएको छ ।


मधुमेह नियन्त्रण हुन नसक्दा र बिरामीलाई भेन्टिलेसनमा राखेर पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ। यही कारण कोरोना सङ्क्रमितलाई पनि ६ हप्ताभित्र ब्ल्याक फङ्गस देखिने जोखिम रहेको उनले बताए । सिलिन्डरबाट चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण ब्ल्याक फङ्गसजस्ता समस्या आउने उनको भनाइ छ । ब्ल्याक फङ्गसलाई भारतका राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडू जस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत सूचीकृत गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्