लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा सिटी : सामाजिक संजालमा आज

IMG

जेष्ठ ८ गते शनिबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मणिग्रामबाट संचालित यो अनलाइन पत्रिकामा कोरोनाको यस महामारीमा सामाजिक संजाल समेत तातेको अवस्था छ।  केहि राजनीतिक घट्ना र धेरै कोरोना कै बिषयमा सामाजिक संजाल प्रयोग कर्ता हरुले दिन दिने आ आफुलाई चित्त बुझेको नाभुझेको सल्लाह सुझाव प्रतिक्रिया दिदै आएकाछन ,चाहे त्यो राजनीतिक दलका नेता हुन्, चाहे युवा , शिक्षक , बुद्धिजीवी, अधिबक्ता, समाजसेवी, पत्रकार, उद्द्योगी ब्यबसायी जो सुकै होस् अहिले दिनदिनै सामाजिक संजालमा स्टाटस आइरहेका छन् तिनै स्टाटसमध्ये केहि समर्थन र टिप्पणि सहितका रोचक र घोचक स्टाटस हामीले यो क्याटगोरीमा राख्ने प्रयत्न गरेका छौ । तर स्टाटसको रिप्लाई या कमेन्ट र अन्य कुरा भने हामीले प्रस्तुत गर्ने छैनौ। 


अहिले सामाजिक संजालमा यस्ता स्टाटसहरुले स्थान पाइरहेको छ। 

देश अहिले नया आर्थिक बर्षको बजेट बनाउने तयारीमा छ ,यस क्षेत्रकै उत्कृस्ट नगरपालिका तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेका स्वकीय सचिव बिष्णु अर्यालले केहि आशालाग्दो सुझाव सल्लाह र नगरबासीको राम्रो प्रतिक्रिया आउने उदेश्यले आफ्नो फेसबुक वालमा यसो लेख्नुहुन्छ: तिलोत्तमा नगरपालिका आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेकोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा के-कस्ता विषय समेट्दा उपर्युक्त हुन्छ भन्ने सन्दर्भमा आमनगरबासी महानुभवज्यूहरुबाट यहीँ जेठ १६ गतेसम्म रचनात्मक सुझावको लागि अनुरोध छ ।सुझाव बुदाँगत रुपमा [email protected], [email protected] वा मेरो फेसबुकको म्यासेन्जरमा पठाउनुहुन अनुरोध गर्दछु ।


आफुले घरबारीमा फलाएका विभिन्न खाले तरकारी फलफुलहरु छोटो भिडियो राखी मेहनत र कर्मले खान पाइन्छ भन्दै निषेधाज्ञाको यो अबधिमा घरबाटै आँखा सम्बन्धि सम्पुर्णा रोगको उपचार दिदै आएका तिलोत्तमा-७ भलवारी निवासी डाक्टर अमित के.सी. अर्गानिक फलफुल,बाताबरण र तरकारीका बिषयमा आफ्नो फेसबुक वालमा यसो लेख्नुहुन्छ:माटोको माया गर्ने म जस्ता सबैको लागी यो लकडाउनले आफ्नो खेत-बारी, तरकारी-फलफुल, चरा-चुरुङ्गी चिन्ने हेर्ने मौका दियो !

यसै सेरोफेरोमा एउटा सानो भिडियो यहाँहरुको माझमा   


देशको राजनीतिक अवस्था र यसमा पत्रकार जस्तो गरिमामय सस्थाले गरेको टिप्पणीलाई सोझो टिप्पणि गर्दै तिलोत्तमा-६ निवासी रुपन्देहीका पत्रकार लक्ष्मण पौडेलले आफ्नो फेसबुक वालमा यसो लेख्नुहुन्छ: दलको झोला बोकेर हिंड्ने पत्रकार महासंघ विघटन गरिदिए हुन्छ


रुपन्देही बुटवल निवासी कृष्ण चौहान बी पोजिटिभ रगतको अभाव नहुन बिगत २ दशक देखि काम गर्दै आउनुभएका चिर परिचित रक्तदानका सम्बाहक आफुले क्रियट गरेको नया फेसबुक ग्रुप रगत नपाए बुटवल जानु को पहुँच सबै माझ पुर्याउन लागिपर्दै २०/२० दिनमा रगत चढाउनै पर्ने एक बालिकाको तस्बीर सार्बजनिक गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:

मैले रक्तदान गर्ने धेरै बहाना मध्यकाे याे एक हाे।

#रगत_नपाए_बुटबल_जानु 

#स्वयंसेवी_रक्तदाता_नै_सुरक्षित_रक्तदाता_हुन 

यी सानी नानीकाे हातमा केनुला देख्नुभएकाे छ।याे नानीकाे शरीरमा रगत निर्माण हुँदैन।याे राेगलाई थालसेमिया भनिन्छ।प्रतेक २०/२० दिनमा आमासँग ब्लड बैंक आईपुग्छिन,यी नानी।ब्लड चढाएपछि यिनी टाठि हुन्छिन।फेरि २० दिनपछि याे प्रक्रिया शुरु हुन्छ।

यस्तै कुराहरु सम्झिदा, बुझ्दा छिट्टै रक्तदान गर्न पाए हुन्थ्याे नि झैं लाग्छ।

तर....९० दिन कुर्नेपर्ने हुन्छ।

#TogetherWeCan 

#nvbdsrupandehi


त्यस्तै तिलोत्तमा-२ निवासी युवा इश्वर न्यौपानेले देशको राजनीतिक अवस्था अब ठाउमा आएको र अबभने कोरोना महामारीलाई परास्त गर्न सबै लाग्नु पर्ने र यसमा सरकार बढी लाग्नु पर्ने भन्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: अब राजनितिक खिचातानि सकियाे सरकार कसैकाे ल्याङ ल्याङ हुन्न अब सरकारकाे सम्पुर्ण तागत काेराेना राेकथाममा लगाम काेराेना भगाम

पटक पटक फल खेल्नेलाई त रेड कार्ड दिइन्छ हाेइन र ......


त्यस्तै तिलोत्तमा-९ निवासी युवा पत्रकार शारदा शाही ठकुरीले कोरोनाबाट त्रसित समुदायको बचाउ र सरकारको चुनावी निर्णयलाई कटाक्ष गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: म भोट हाल्न जान्न सरकार मेरो मतपत्र छाप्ने पैसा भ्याक्सिन किन्नमा खर्च गरियोस 😥😥


निषेधाज्ञा अबधिबाटै अब कोरोनालाइ सकारात्मक रुपमा सामाजिक संजालमा सम्प्रेषण गर्नु पर्छ जसले कोरोना संक्रमितहरुलाई एउटा उर्जा दिन्छ भन्ने मान्यता राखी दिनहु सन्चो भएका र कोरोनाबाट मुक्त भएका बिरामी हरुको मात्रै अपडेट दिदै रुपन्देही तिलोत्तमा-९ निवासी पत्रकार प्रकाश पाण्डे आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: #सुखद : रुपन्देहीमा संक्रमित हुने भन्दा निको हुने दर करीब ४ गुनाले बढ्यो  : शनिबार जम्मा १६७ संक्रमित थपिदा,  ५३१ जना निको भए👇


त्यस्तै बुटवल रुपन्देही निवासी नेकपा एमालेका युवा नेता देवराज पोख्रेल देशको राजनीतिक अवस्था र चुनावी निर्णयलाई स्वागत गर्दै मिठो व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:

के सोच्या तिमीले?भ्याक्सिन नलगाई चुनाबमा जादा आफु र आफ्नो पार्टी पत्तासाफ हुन्छ भन्ने जानकारी छैन होला र 'बा' लाई?

चिनियाँ, भारतीय, रशियन, बेलायती, अमरिकी जहाबाटपनी भ्याक्सिन ल्याउछन!र, १०/१२ लाख सुकुम्बासी र अब्यबस्थित बसोसासिलाई जग्गाधनी पुर्जा दिएर मात्र चुनाव गर्छन!

कसैलाई शंका छ भने यो स्टाटस स्कृनसर्ट गरेर राख्दा हुन्छ!


घरघरमा हामी अभियान मार्फत समाजमा निशुल्क खाना, औषधि या कुनै अत्यावश्यक सामाग्री डेलिभरी, अक्सिजनको जोहो गरिरहेका बुटवल निवासी युवा पत्रकार शिव डुम्रे कोरोनाबाट त्रसित र पिल्सिएका र दु:खपाएकाहरुको बचाउमा अक्सिजन पाउदा आफ्नो फेसबुक वालमा यसो लेख्नुहुन्छ:

खुसीको खबर !

अभियानको लागि थप ५ वटा अक्सिजन सिलिन्डर बुटवल आउदै । यो सबै तपाईहरुको सहयोगले सम्भव भएको हो ।


त्यस्तै तिलोत्तमा-२ निवासी युवा ब्यबसायी सुदिप पौडेल देशको राजनीतिक अवस्था र चुनावको लागि देश अगाडी बढेको कुरालाई व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:

मतपत्रमा अनिवार्य

'राइट टु रिजेक्ट' प्रावधान''

राख्नु पर्यो

"right to reject"


राजनीतिक परिबर्तन र यो परिदृश्य हेर्दै मनमा कथा बुनेका कान्तिपुरका पत्रकार दिपेन्द्र बडुवाल देशको राजनीतिक अवस्थालाई व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:

मौसम पनि, हिजोसम्म शीतल, आज चरक्क !

 जय श्री राम  ।


कोरोना निषेधाज्ञा र बन्दाबंदी मात्रै यसको सधैको समाधान नभएको भन्दै खर्रो रुपमा लायन्स क्लबमा सक्रिय युवा ब्यबसायी बिष्णु उपाध्याय चापागाईं देशको समसामयिक अवस्थालाई व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:कोरोना को नया नया भेरियन्ट आइ रहन्छ ।सधै को बन्दाबन्दी यस्को समाधान होइन।मान्छे रोग ले भन्दा भोक ले मर्ने देखियको छ ।सरकार लाई कर , कुर्ची र कमिसन भय पुग्छ।सधै यसरी नै बस्नु भन्दा निजि छेत्र बाटै मिलेर खोप मगाउ लगाउ र आफ्नै कर्म तिर लागौ।।


त्यस्तै आशालाग्दो मनोकाङ्ग्क्षा राख्दै रुपन्देही तिलोत्तमा-८ निवासी युवा पत्रकार बिपी गौतम , अर्का पत्रकार अमृत गिरिसंगको मास्क बिनाको गतसालको फोटो पोस्ट गर्दै शर्ट स्टाटस आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:माक्सविना हिँड्ने दिन फेरी कहिले आऊँला... ???


नेपालि राजनितीलाइ नजिकबाट नियालिरहेका तिलोत्तमा-८ निवासी गीतकार तथा संगीतकार तेज प्रसाद पाण्डे देशको राजनीतिक अवस्थालाई कटाक्क्ष गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:अब पार्टीको ह्विप नि मान्नु नपर्ने एउटा पार्टीका अर्को पार्टी सित मिलेर आफनै पार्टीलाई हराउने, एउटा पार्टीले अर्को पार्टीको हस्ताक्षर  गराउदै जुनसुकै पार्टीको सांसद जुनसुकै पार्टीमा जाने आउने , आफ्नो स्वार्थ पुरा गर्ने , नेतृत्व भन्दा आफुलाई ठुलो मान्ने यस्तो नि हुन्छ र? यस्तो बिकृतिले स्वयं आफु त सकिन्छ नै जनतामा बितृष्णा जाग्ने हुदा सबै पार्टीले पार्टी र जनता प्रति वफादार नेता लाई साथ दिनु र नेतृत्व हतान्तरण गर्नु उचित होला ।


आजको सामाजिक संजालबाट यतिनै भोलिको लागि फेरी नया नया खुराक लिएर हाम्रो पेजमा आउनेनै छौ , सत्य-तथ्य समाचार, गाउँगाउँमा संचारका लागि हामीसंगै रहनुहोला। 

कमेन्ट गर्नुहोस्