लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा सिटी : सामाजिक संजाल

IMG

जेष्ठ ७ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मणिग्रामबाट संचालित यो अनलाइन पत्रिकामा कोरोनाको यस महामारीमा सामाजिक संजाल समेत तातेको अवस्था छ।  केहि राजनीतिक घट्ना र धेरै कोरोना कै बिषयमा सामाजिक संजाल प्रयोग कर्ता हरुले दिन दिने आ आफुलाई चित्त बुझेको नाभुझेको सल्लाह सुझाव प्रतिक्रिया दिदै आएकाछन ,चाहे त्यो राजनीतिक दलका नेता हुन्, चाहे युवा , शिक्षक , बुद्धिजीवी, अधिबक्ता, समाजसेवी, पत्रकार, उद्द्योगी ब्यबसायी जो सुकै होस् अहिले दिनदिनै सामाजिक संजालमा स्टाटस आइरहेका छन् तिनै स्टाटसमध्ये केहि रोचक  र घोचक स्टाटस हामीले यो क्यटगोरिमा राख्ने प्रयत्न गरेका छौ ।तर स्टाटसको रिप्लाई या कमेन्ट र अन्य कुरा भने हामीले प्रस्तुत गर्ने छैनौ। 


अहिले सामाजिक संजालमा यस्ता स्टाटसहरुले स्थान पाइरहेको छ। 

देशकै उत्कृस्ट नगरपालिका बनाई देशमै नाम कमाएका तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे नगरपालिकाको छायामा अस्ताउदै गरेको घामको किरण सहितको तस्बीर राख्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: प्रतिक्षा गरौं नयाँ उमङ्ग सहित उषाकिरण हरू उदाउने छन ।


तिलोत्तमा-९ निवासी शिक्षक रुपा सुबेदी प्रदिप रोदनको गजललाइ सापट लिएर आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: 

दुईचार सिटामोल जीवनजल राख्न मन छ।

सरकार गाउँमा उपचार छैन केवल कफन छ। 


त्यस्तै तिलोत्तमा-२ निवासी युवा ब्यबसायी गोबिन्द भुसाल देशको राजनीतिक अवस्थालाई व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: 

पटक पटक फल खेल्नेलाई त रेड कार्ड दिइन्छ हाेइन र ......


त्यस्तै तिलोत्तमा-१ (हाल पाल्पा) निवासी युवा पत्रकार निहारिका थापा कार्की कोरोनाबाट त्रसित समुदायको बचाउमा आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: 

जसलाई कोरोना भनेपछि डर लाग्छ ,लुक्छ भाग्छ उसैले कसैको कोरोनाबाट मृत्यु भो भन्दासाथ फोटो हालेर हार्दिक श्रद्धाञ्जली भनेको देख्दा अचम्म लाग्छ।


त्यस्तै तिलोत्तमा-६ निवासी कांग्रेसका युवा नेता गणेश पाठक देशको राजनीतिक अवस्थालाई व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ: चटकेले बादलमा चित्र बनाउँछु, सबैले ध्यान दिएर माथि हेर्नुस भनेर गाँउलेका कुखुरा चाेरे झै प्रधानमन्त्रीकाे कुर्सी रेसमा नेपाली जनता लाई झुम्याएर भारतले नागरिकता काे पाेकाे चाेरेकाे छ । दलाल हरु लाई महान राष्ट्रबादी ठान्दै जयजयकार गर्ने हामी हरु ले अझै आफै लाई सचेत,चलाख र बुद्धिजिवी छाै,हाै भन्ने ठान्दछाै । याे भ्रमबाट हामी कहिले मुक्त भईएला ?


घरघरमा हामी अभियान मार्फत समाजमा निशुल्क खाना, औषधि या कुनै अत्यावश्यक सामाग्री डेलिभरी, अक्सिजनको जोहो गरिरहेका बुटवल निवासी युवा पत्रकार शिव डुम्रे  कोरोनाबाट त्रसित र पिल्सिएका र दुखपाएकाहरुको बचाउमा आफ्नो फेसबुक वालमा तस्बीर राख्दै लेख्नुहुन्छ: बसपार्कमा अलपत्र परी बसेका यी ११ जनाको समुह पनी आजदेखी भोको बस्नेछैन । उनीहरुको बिहानसाझको खानाको बन्दोबस्त हामीले गरेका छौ ।


त्यस्तै तिलोत्तमा निवासी शिक्षक तथा लेखक हरि ज्ञवाली देशको राजनीतिक अवस्थालाई व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:

उफ् !

जनघाती बेइमानहरूले याे सङ्कटकाे

बेलामा

संसदीय व्यवस्था र संघीय गणतन्त्रकाे धज्जी उडाए ।

गाईजात्रा गरे ।

तमासा देखाए ।


त्यस्तै तिलोत्तमा निवासी एमाले कि महिला नेता देवी वाग्ले देशको राजनीतिक अवस्थालाई व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:राहुल गांधिले ममता बेनर्जीलाई भने

"बधाई हाे माेदीकाे हराया"

मेराे मनले भन्याे

आफ्नाे पार्टीले धुलाे चाटेकाे देखेनाै है!आफ्नाे पार्टीको जित भन्दा अर्काकाे हारमा रमाउने हैसियत बनायाै भारतीय काेंग्रेसकाे!

ठिक अहिले नेपालमा आफ्नाे पार्टीवाट उमेदवार उठाउने हैसियत नहुनेले तेसै गरेकाे देखिन्छ 🤣


त्यस्तै रुपन्देही निवासी नेकपा माओबादीका नेता गोविन्द पंगेनी देशको राजनीतिक अवस्थालाई कटाक्क्ष गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:मलाई अविश्वास प्रस्ताव ल्याए हुन्छ, राष्ट्रपतिलाई किन महाभियोग : प्रधानमन्त्री,अहिले फेरि हस्ताक्षर नगरेका माननीय हरुको किर्ते गरिकन प्रधानमन्त्री को दाबी

तल्लोस्तरको सत्ता लिप्साको स्खलन!


बिदेशमा रहेर नेपालि राजनित्तिलाई नियालिरहेकी आउट अफ कन्ट्रीकि रुपा पाण्डे देशको राजनीतिक अवस्थालाई कटाक्क्ष गर्दै आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ:छ्या , जनता महामारीमा छटपटिईरहेको बेला कस्तो घिनलाग्दो खेल खेलेका होलान्। अलिकति पनि नैतिकता लाज र सरम नहुनेहरु लाजनभका लाजनितीज्ञहरु।


आजको सामाजिक संजालबाट यतिनै भोलिको लागि फेरी नया नया खुराक लिएर हाम्रो पेजमा आउनेनै छौ , सत्य-तथ्य समाचार, गाउँगाउँमा संचारका लागि हामीसंगै रहनुहोला। 

कमेन्ट गर्नुहोस्