लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कहिल्यै हिम्मत नहारेका “हिक्मत काका”

IMG

जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी। एउटा इमान्दार र पेशाप्रति निष्ठाबान र कर्तव्यनिष्ठ पत्रकार हिक्मत चौधरीको भौतिक शरीर अव हामीमाझ रहेन । सम्पत्तिको नाममा एउटा रेडियो मात्रै भएका बखत नेपाली समाजमा रेडियो मा कार्यरत हिक्मत काका गाउगाउका रेडियो स्रोताका प्यारा थिए। राष्ट्रिय पहुँच भन्दा टाढा रहेर स्थानीय पत्रकारितामा लामो योगदान गरेका हिक्मत धेरैका प्रिय पत्रकार थिए । आफ्नो एकतिहाई उमेर लाइ बिशुद्ध पत्रकारितामा खर्चेका हिक्मतको ६१ वर्षको उमेरमा बुटवलको कोरोना विशेष अस्पतालमा बुधबार बिहान सवा ३ बजे उनको निधन भयो ।



रुपन्देहीको स्थानिय पत्रकारिताको एउटा बिम्ब र आधारस्तम्भ थिए उनी। सामुदायिक रेडियोले शुरु गरेका भाषाभासिको कार्यक्रममा थारु भाषाको कार्यक्रम र कृषि कार्यक्रम उनको गरिमा बोकेको पहिचान थियो । आवाजमा उत्तिकै दम र आफै भित्र एउटा अनुभवको पाठशाला रहेको हिक्मत काकाले पत्रकारिताका माध्यमबाट झण्डै २२ वर्ष सेवा गरे । तर अफसोच कोरोना महामारीको पहिलो लहरमा आफूले स्थापना कालदेखि २२ वर्ष सेवा गरेको संस्था रेडियो लुम्बिनीबाट चौधरी अन्यायपुर्वक निकालिए । गाउगाउमा मात्र होइन रेडियो लुम्बिनीमा उनलाई धेरैले “काका” भनेर संबोधन गर्थे । उनले कार्यक्रम उत्पादन, रेकर्डिङ, समाचार वाचन सबै काम मेहनत पूर्ण तरिकाले गर्दथे। एक हिसावले उनी “वान मेन जर्नालिज्म” का सफल अभ्यासकर्ता थिए । हरेक कामलाई उत्तिकै समय र स्थान दिने उनको शैली सबैले सिक्थे। 

कमेन्ट गर्नुहोस्