लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुकुम पश्चिम हिडेको बस नवलपरासी पश्चिममा दुर्घटना,४ जनाको मृत्यु

IMG

जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी।  पूर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको, एक जना बसमै च्याएको अवस्थामा पाइएको छ ।काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो ।


चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लले जानकारी दिए ।गम्भिर घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको उनले जानकारी दिए ।निषेधाज्ञाको बेला पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्