
जेष्ठ ३ गते सोमबार २०७८ तिलोत्तमा सिटी। देश मात्र होइन अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ। नेपालमा पनि यसको संक्रमित र मृत्युहुनेको संख्या दिनानुदिन बढेको अनुपात छ। यहि सन्दर्भमा कोरोना महामारीले बन्द भएको मठ मन्दिर खुलाउनु पर्ने भन्दै आध्यात्मिक चिन्तन द्वारा कोरोनाबाट छुटकारा मिल्ने भन्दै युवा पण्डित कथा वाचक तथा ज्योतिष निजानन्द ज्युले तिलोत्तमा नगरपालिका र बुटवल उपमाहानगरको बीच छतीसखोला छेउमा रहेको योगिकुटी देबस्थल मन्दिरमा पुजाआजा सम्पन्न गरेका छन्।
कोभिडबाट अकल्पनिय देहावसान हुनुभएकाहरुको चिर सान्तिको कामना साथै कोभिड संक्रमित बिरामिहरुको स्वास्थ्य लाभ एवं उच्च मनोवन बनाईराख्न स्तोत्र पाठ गरी १००८ पटक हवन गरी आइतबार बिहानै शुभसाईतमा शुभ कार्य सम्पन्न गरिएको थियो। सो पुजा पछि तिलोत्तमा नगरपालिका शंकरनगर आईशोलेसन सेन्टरमा रहेका कोभिड संक्रमितलाई स्वास्थ्य लाभको कामना साथै उच्च मनोवल बढाउनको लागि स्वस्थबर्द्धक फलफुल प्रसाद स्वरुप केरा १० दर्जन, स्याउ १२० पिस १२० लिच्चि समेत बादिएको थियो। युवा पण्डित कथा वाचक तथा ज्योतिष निजानन्द ज्यु को अगुवाई तथा अध्यक्ष पुर्णानन्द गिरी एवं देवस्थल मन्दिर व्यवस्थापन समिति बुटवल योगिकुटी परिवार तथा भजन कृतन मण्डलिद्वारा सो पुजा गरि प्रसाद स्वरुप फलफुल बिय्तरण गरिएको जागृति युवा क्लबका अध्यक्ष बिदुर केसीले बताए।
शंकरनगर स्वास्थ्यचौकी तथा कोरोना अस्थायी अस्पताल आइसुलेसन इन्चार्ज तथा कोरोना फोकल पर्सन राजेश ज्ञवाली र रामेश्वर ढकाललाई फलफुल हस्तान्तरण गरेका थिए। यस विसंम परिस्थितिमा समेत यसरी सहयोगि हात अगाडि बढाएर उच्च मनोवल तथा प्रसाद स्वरुप बितरण गर्नु भएकोमा हृदयदेखि नै धन्यवाद तथा आभार प्रकट गर्दै अध्यात्मिक चिन्तन र योग तथा प्राणायामले रोग निको हुन धेरै सहज हुने सहभागीहरुले बताएका थिए।
धार्मिक र आध्यात्मिक चिन्तनले संक्रमित विरामिहरुको मनोवल उच्च बनाईराख्न र बिरामिहरुको पीडामा सक्दो मल्हमपट्टी लगाउने प्रयत्न गरेको पण्डित निजानन्द ज्युले बताए। उनले यो बेला मठ मन्दिर बन्द होइन खुला राखि धार्मिक आस्था जगाई मनोवल उच्च राख्नुपर्ने समेत् बताए। सो पुजा कार्यक्रम हवन तथा जप र फलफुल बितरणमा जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी, क्लबका पदाधिकारी उमर खनालको समेत उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्