लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेसीआई सिद्धार्थद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री तथा पानी वितरण

IMG

बैशाख ३१ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। जेसीआई सिद्धार्थ, नेपालले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री तथा पानी वितरण गरेको छ । निषेधाज्ञाको पालना गराउन सडकमा अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बिहीबार मास्क, सेनिटाइजर, पिउने पानी तथा बिस्कुट वितरण गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । 


‘दोस्रो लहरको कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ, निषेधाज्ञा पालना गराउन दिनरात खट्ने सुरक्षाकर्मीहरुलाई केही भए पनि सहयोग पुगोस् र आत्मबल बढोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेका हौं, ’ज्ञवालीले भने ।भैरहवाका विभिन्न स्थानमा खटिएका १ सय बढी सुरक्षाकर्मीहरुलाई सामग्री वितरण गरिएको कार्यक्रम संयोजक तथा जेसीआई सिद्धार्थका महासचिव सागर पोखरेलले जानकारी दिए । कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्न जेसीआई, सिद्धार्थले आग्रह समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्