
बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले कोभिड १९ को दोस्रो लहरसँगै रुपन्देहीसहित देशका धेरैजसो जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको र दिन प्रतिदित चुनौती थपिदै गएकाले केहि समयका लागि जिल्लाबाट प्रकाशनमा रहेका सबै पत्रपत्रिकाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
‘रुपन्देहीमा पनि बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी नै छ ,अवधी थपेर जेठ १३ सम्म थपिएको छ ।कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्नेछाैँ’ । उनले भने । कुँवरले हस्ताक्षर गरि जारी गरिएको बिज्ञप्तिमा भनिएको छ- निषेधाज्ञाबाट हामीसँग आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदित चुनौती थपिदै गएको छ । यसले गर्दा प्रकाशन तथा प्रसारण समाज नचाहदा नचाहदै पनि मिति २०७८ जेष्ठ १ गते देखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सुचना दिन वाध्य भएको छ ।यसबाट पुग्न गएको असरप्रति हामी क्षमा चाहन्छौं र कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिबद्दता जनाउन चाहन्छौं ।’
उनले प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरि सुरक्षित रही प्रसारण गर्न सकिने समेत जानकारी दिए ।
कमेन्ट गर्नुहोस्