
बैशाख २९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा जारी निशेधाज्ञाको अवधि जेठ १३ गतेसम्म कायम गरिएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो।सोहि सिफारिसलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ १३ गतेसम्म निशेधाज्ञाको अवधि बढाएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।
यसअघि रुपन्देहीमा बैसाख१६ गते बिहान ६ बजेदेखी ३० गतेसम्म निषेधाज्ञा लगाउने प्रशासनको निर्णय थियो ।यस अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको थापाले जानकारी दिए ।अति आवश्यकीय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कारवाही गरिने प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्