
बैशाख २८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकाको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन अभाव हुन नदिने उद्देश्यले १०० थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । साथै सबैमा सहयोगको लागि उनले अपिल समेत गरेका छन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आ-आफ्नो क्षेत्रबाट चेम्बरले जस्तै सहयोगका लागि सम्पूणलाई आग्रह गरे ।चेक हस्तान्तरण कार्यक्रममा उपस्थित अध्यक्ष बाबुलाल भुसाल, प्रथम उपाध्यक्ष रामचन्द्र पान्डेय, द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपाने, सचिव मान बहादुर बर्मा, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो । चेम्बर्स अफ कमर्शले अहिले नगरभित्रका ब्यबसायी हरुलाई कृषि एम्बुलेन्स संचालन गर्दै , ढुवानीका लागि चाहिने सिफारिस , विभिन्न उद्योग लगायतका ब्यबसाय कालागि सहजीकरण गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्