लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीमती कोभिड पोजिटिभ हुँदापनि दिनरात संक्रमितको सेवामा राजु

IMG

आइतबार २६ बैशाख, २०७८ तिलोत्तमा सिटी।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे। उनका ४ बर्ष अगाडिदेखि चालकको रुपमा नगरको गाडी चलाउदै आएका राजु शर्मा। केहिदिन अघि मेयर बासुदेव घिमिरे र उपमेयर जागेश्वर देवी चौधरीले आफु चढेको स्कर्पियो गाडीलाइ एम्बुलेन्स बनाउने निर्णय गरेसंगै सो गाडीका चालकलाइ अहिले भ्याइनभ्याइ छ।  संक्रमितहरुको आफन्तले तारन्तार फोन गरिरहेका हुन्छन। अस्पतालमा बेड अक्सिजन छैन, तरपनि केहि सम्भावना भए राजुले पनि कोसिस गर्छन र बिरामीलाई बेलैमा अफ्ठ्यारो परेको बखत सघाउछन।  


तर बिडम्बना राजुकी श्रीमती जमुना तिवारी शर्मा समेत अहिले घरमा कोभिड पोजिटिभ आएर ५ दिनदेखि होम आइसुलेसनमा छिन। एक १३ बर्षिय र अर्का १० बर्षीय छोराका बुवा राजु अहिले संक्रमितलाई जोगाउने दाउमा घरमा समेत समय दिन भ्याएका छैनन्। संक्रमित आमाको हेरचाह १३ बर्षीय छोराले गरेका छन् भने उनलाई आफ्ना भाइले समेत सघाउछन। बिहानै ४/५ बजे देखि शुरु हुने उनको दैनिकी रातको १२ /१ बज्दा सम्ममा उत्तिकै निरन्तर भैरहेकोछ। संक्रमितहरुलाई रातिमा बढी गाह्रो हुने भएर या मानिस बढी त्यो समयमा आत्तिने भएर होला दिनमा भन्दा रातीमा अझै दौडादौड हुन्छ राजुको।घरमा समय दिन नभ्याएको भन्दा नि संक्रमितहरुले अस्पतालमा अक्सिजन र बेड नपाएर मृत्यु बरण गर्दा सार्है दुख लागेको अनुभव सुनाउछन। फोन गर्ने बित्तिकै पुगेको छु ,जादा अस्पतालमा त्यहि अनुसारको रेखदेख र सेवा नपाउदा अनायासै ज्यान गुमाउदाको पिडा सुनाउनै नसक्ने राजुको भनाइ छ। आफ्नै गाडीमा संक्रमित लैजादा समेत २ जनाले ज्यान गुमाएको उनको नौलो अनुभव छ।  


सधै नगरप्रमुखलाइ बोकेर हिडेको अनुभव भन्दा भिन्नै र नया अनुभव संगालेको उनको भनाइ छ। "हामी चालक यसैपनि जिन्दगीको यात्रा अगाडी बढाउने मान्छे अहिले प्रत्यक्ष जिन्दगी लाइ नियाल्न पाएको छु,तर दु:ख यो कुरामा लाग्छ महामारी यसरी फैलियो कि अब हामीले सोचेर हामीले चाहेर केहि हुदैन, सानो गल्ती र अस्पतालमा उपचार नपाउदा अहिले धेरैको ज्यान गएको अवस्था छ"- उनि दु:ख मान्दै भन्छन।तर यो महामारीको बेलामा यसरी बिरामी बोक्न पाउदा र उपचारसम्म पुर्याएर मान्छे बच्न सकेको देख्दा त्यतिबेला भने राजु खुसी मान्छन। उनले सहानुभूति दिदै भन्छन-" दिनभरिमा धेरै फोन स्वाश्प्रस्वासमा समस्या भएकाले बोलाउनुहुन्छ , गाडीमै सबै एम्बुलेन्समा हुनुपर्ने सुबिधा सहित अक्सिजनको समेत सुबिधा भएकोले बिरामीलाई अस्पताल लैजादासम्म समस्या नभएको उनको भनाइ छ। यस्तो महामारीमा केहि हुदैन क्यारे, भन्दै बाहिर अनावश्यक निस्किने विभिन्न बहानामा किनमेल गर्ने साँझ बिहान घरबाट निस्किने गर्दा महामारी झन् फैलिएको उनको भनाइ छ।अझै केहीछिन घरमै बसेर स्वास्थ्य मापदण्ड पुरागर्न सुझाव दिदै राजुले भन्छन -" जिबन अमुल्य छ,आफ्नो र परिवारको जिन्दगी तपाइँको आफ्नै हातमा छ, कसैलाई गाली गर्ने समय छैन,त्यसैले घरमै बसौ आफु बाचेर अरुलाई समेत बचाउने अभियानमा लागौ।


कमेन्ट गर्नुहोस्