
२४ बैशाख, २०७८ तिलोत्तमा सिटी। हाल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २० प्लस २० गरि ४० बेडको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले शंकर नगर स्वास्थ्य चौकी र त्यस नजिकैको एक सुविधायुक्त भवनलाइ अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।
तथापी दिन दुइ गुणा रात चौगुना बढिरहेको कोरोना संक्रमणलाइ ध्यानमा राख्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को सक्रियतामा वार्ड कार्यालय नजिकै रहेको अतिथि गृह र सभाहलमा ६० शय्याको अस्पताल बनाउने निर्णय गरेको छ। सबै जसो बेडमा प्रारम्भिक सेवा र अक्सिजन जडान गर्ने गरि डाक्टर तथा नर्सको नियमित सम्पर्कमा बिरामीको उपचार गर्ने गरि सो अस्पताल सहितको बेड संचालनमा ल्याउन लागेको र केहि दिनमै ति सबै पूर्वाधार तयार रहेको वडा नम्बर ९ का अध्यक्ष नारायाण न्यौपानेले बताए।अहिले कोरोना संक्रमितको दर सोचेभन्दा माथि गएकोले स्वास्थ्य चौकीको बेड ले मात्र नपुग्ने अवस्था आउन सक्ने भन्दै प्रारम्भिक सेवा र अक्सिजन सहितको सो अस्थायी अस्पताल बनाउन लागिएको वडा अध्यक्ष न्यौपानेले बताए।भेन्टिलेटर र आइसीयू चाहिने बाहेकका नगरपालिका भित्रका कोरोना संक्रमितलाई सो अस्पतालमा राखी उपचार दिइने र अन्य सिकिस्त बिरामीलाई रिफर गर्न समेत आफुहरुले सबैकुराको ब्यबस्था मिलाएको वडा नम्बर ९ का अध्यक्ष न्यौपानेले बताए।
तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगर स्थित शंकरनगर स्वास्थ्य चौकीमा रहेको आइसोलेशन सेन्टर (एक तहको कोरोना अस्पताल) मा रहेका ४० शैंयाले मात्र कोरोना संक्रमितको चापलाई थेग्न नसक्ने निष्कर्षसहित नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल अतिथिगृहमा थप ६० शैंयाको आइसोलेशन सेन्टर निर्माणको लागि आवश्यक तयारी अघि बढाएको नगरप्रमुख बासुदेव घिमिरेले बताए। महामारीको यो विषम परिस्थितिमा कोरोनाका बिरामीको उपचार, नियन्त्रणका लागि चालेका सबै प्रकारका अभियानमा सम्बद्ध संघसंस्था, निकाय, नगरबासी सबैको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताउदै नगरप्रमुख घिमिरेले यस महामारीको सबै नगरबासी, राजनीतिक दल, युवा , बुद्धिजीवि सुरक्षाकर्मि मिडियाकर्मि मिलेर सामना गर्नुपर्ने बताए।नगरप्रमुख घिमिरेले घरमै बसेर निषेधाज्ञाको पालना गरि आफु बचेर अरुलाई बचाउने यो कार्यमा सहयोग गरेकोमा सबैलाई धन्यबाद समेत दिएका छन।
कमेन्ट गर्नुहोस्