
तिलोत्तमा २०७८ बैशाख २१ गते मंगलबार। झोलाभरी औषधी, मनभरी मनोबल। कोरोनाबाट बच्ने उपाय बाड्दै स्वास्थ्यकर्मी। संक्रमितको फोन आउने बित्तिकै भिटामिन सी, जिन्क, सिटामोल, पखालाको औषधी, ज्वरो र टाउको दुखेमा खाने औषधी र अन्य फोनमा लिएको स्वास्थ्यअवस्थाका बारेमा सोधे अनुसारका औषधी सहित तयार पारिएको किटब्याग बोकेर स्वास्थ्यकर्मी लाग्छन संक्रमितको घर। घरमै गएर संक्रमितको अवस्थाबारे बुझ्छन, घरका अन्य परिवारका बारेमा समेत निगरानी राख्ने र सोध्ने परामर्श दिने गर्छन। मनोबल बढाउन अनेक क्रियाकलाप गर्दछन। अनि बिरामीलाई ढुक्कसंग कोरोनाको प्रतिकार गर्न सुझाउछन। यो दृश्य देखिन्छ, तिलोत्तमा नगरमा। तिलोत्तमाका स्वास्थ्यकर्मी आफु सहित टोल बिकाश सस्थामा सम्पर्क गरि जनाप्रतिनिधी सहित घरै गएर संक्रमितलाई परेको स्वास्थ्य समस्यामा साथी बनेका छन्।
अहिले नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेको छ। रेडजोनको लिस्टमा दोस्रो स्थानमा र प्रदेशमा संक्रमीत् संख्या बढी भएको पहिलो जिल्ला हो रुपन्देही जिल्ला । यसर्थ जिल्ला प्रसासनले निषेधाज्ञा समेत लागु गरेर कडाइ गरिसकेको छ। तथापि विभिन्न बहानामा अहिले मानिसहरु दिन कटाउने तरखरमा छन् र कसरी हुन्छ सडकमा निस्किरहेका देखिन्छन। केहि उद्दण्ड र अटेरिहरुलाइ प्रसासनले जरिवाना र कैदसम्म गराएको छ। तर पनि कोरोना संक्रमितको संख्यामा कुनै कमि आएको छैन। अहिले जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा कोरोना संक्रमित थपिएका छन्। त्यसो त तिलोत्तमा नगरपालिका पनि त्यसलाई पछ्याउने क्रममा छ त्यसैले अब संक्रमितहरुको संख्यासंगै यिनीहरुको हेरचाह स्वास्थ्य मापदण्ड औषधि उपचार, अक्सिजन, भेन्टिलेटर लगायतका जोहो गर्न अहिले तिलोत्तमा नगरपालिका तल्लीन बनेको छ।
संक्रमितहरुलाई परामर्श चेकअप औषधी र बिरामीको अवस्थाबारे बुझ्न अहिले स्वास्थ्यकर्मीसंगै जनप्रतिनिधि र टोल बिकाश सस्था बिरामीको घरमै पुगेका छन्। खबर गरेको खण्डमा हामी सबै सिसिआइसिटिको टिम संक्रमितको घरमै पुगेर उहालाई औषधी र परामर्श दिएर आएका छौ तिलोत्तमा नगरपालिकाका एक स्वास्थ्यकर्मी मेघराज अधिकारीले बताए। कोरोना चेकगरेर पोजिटिभ आएपछि नलुकाई हामीलाई खबर गर्नुहुन र आफ्नो नजिकको टोल बिकाश सस्था या जनप्रतिनिधिलाई खबर गर्न अनुरोध गर्दै अधिकारीले संक्रमण नफैलाउन सक्दो कोसिस गरेको बताउनुभयो।
कोरोना संक्रमितहरुको स्वास्थ्य आवस्था हेरी अन्य औषधि दिईने र बढीमात्रामा सबैलाई भिटामिन सी , जिंक , जिबनाजल, सिटामोल, रुघा खोकी घाटी दुख्ने लगायतका औषधी दिईएको उनले बताए। कोरोना सक्रमित भएका व्यक्तिलाई परिवारसंग टाढा राख्न र तिनीहरुको सम्पर्कभन्दा बाहिर राख्न आवश्यक परामर्श र होम आइसुलेसनका लागि आवश्यक प्रक्रिया पुरा गराउन तल्लिन रहेको स्वास्थ्यकर्मी अधिकारीको भनाइ छ।
कोरोना अस्थायी अस्पतालमा अक्सिजन सहितको २० बेड र अन्य थप २० बेड थप गरि त्यसलाई अक्सिजन सहितको सेवा दिने गरि सेवा शुरु भैरहेको कोरोना फोकल पर्सन तिलोत्तमा नगरका स्वास्थ्य अधिकृत केशब भट्टराईले बताउनुभयो। सामान्य अवस्थामा घरमै रिकभर हुने र घरमा त्यस्तो अवस्था नभए आइसुलेसन ल्याउन पहल गरिने उनको भनाइ छ।आफ्नै एम्बुलेन्सलाइ २४ सै घण्टा सेवामा निरन्तर लगाइरहेको नगरपालिकाले संक्रमितहरुको अवस्था बिग्रन नदिन आफुहरु हरदम तयार रहेको बताए। "नगरपालिकाको लोगो सहित विभिन्न कोरोना सचेतना सम्बन्धि सुचाना प्रकासन गरिएको किटब्यागमा विभिन्न खाले औषधी राखी संक्रमितको घर पुग्दा जो कोहीको मनमा थप उत्प्रेरणा र थप मनोबल हुनेनै गर्छ,"- उनको भनाइ छ। संक्रमित फैलन नदिन केहि संक्रमितहरुको घरमै गएर उनीहरुका परिवारको एन्टिजेन परिक्षण् समेत गरिएको छ भट्टराईले भने। स्वास्थ्यकर्मी भट्ट्राइले भने : - प्रत्येक दिन कोभिड पोजिटिभ आएका हरुको लिस्ट स्वास्थ्य ब्यबस्थापन समितिलाइ जान्छ त्यसबाट आफ्नो टोलमा भएका संक्रमित हरुको अवस्था बुझ्न स्वास्थ्यकर्मीको सल्लाहमा घरसम्म त्यो वर्गीकृत टिम जान्छ। यसरि हामीले कोभिड नियन्त्रण गर्न काम गरिराखेका छौ।
कोरोना संक्रमणबाट कोहि पनि संक्रमितहरु उपचार नपाएर मृत्युबरण गर्न नपरोस भन्दै नगरपालिकाले संक्रमितहरुको सुबिधाको लागि अत्यावश्यक स्वास्थ्य सामाग्री, औषधी, अक्सिजन भेन्टिलेटर सुबिधा सम्पन्न आइसुलेसन बेड लगायतको आधारभूत कुराहरुको जोहो गरिएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताए। उनले कोरोना संक्रमितहरुलाई नगरले गर्नुपर्ने सबै काम गर्न तयार रहेको र आवश्यक परे अवस्था बुझेर संक्रमितको स्वास्थ्यका लागि रिफरसम्मको बाताबरण तयार गरिएको बताएका छन्। बिरामीको उपचारका लागि प्रदेश सरकारले पनि ब्यबस्था गरेपछि स्थानीय तहको पक्षबाट आफुहरु हरदम तयार रहेको नगरप्रमुख घिमिरेले बताए। नगरबासीहरुलाई निषेधाज्ञाको सहि पालना गरि घरबाहिर अनाव्श्यक रुपमा बाहिर ननिस्किन र निषेधाज्ञाको सहि पालना गर्न समेत आग्रह गर्दै अत्यावश्यक भएमा नजिकैको जनप्रतिनिधि , टोल बिकाश सस्था तथा प्रहरी या स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह गरे। उनले संक्रमण झन् फैलदो अवस्थामा रहेकोले कोरोनालाई परास्त गर्न सबैले घरमै बसेर स्वास्थ्य मापदण्ड पुरा गर्ने र आफु बाची अरुलाई समेत बचाउन आग्रह गरे।
कमेन्ट गर्नुहोस्