लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकाएक राजदुत फर्काउदै ओली सरकार

IMG

तिलोत्तमा २०७८ बैशाख २१ गते मंगलबार। सरकारले पार्टी एकिकरण पछि बनेको नेकपा सरकार हुँदा माओवादी कोटामा नियुक्त भएका सबै पद र निकायका ब्यक्तिहरुलाई छानिछानी बर्खास्त गर्न थालेको छ ।सोमबार दुईवटा प्रदेश प्रमुखलाई बर्खास्त गरेको सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ।मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले जापानकी राजदुत राप्रपाकी नेतृ प्रतिभा राणाको म्याद थपेर माओवादी सिफारिसमा राजदुत बनेका दाहाललाई फिर्ता बोलाउने भएको हो ।


नेकपा सरकारका बेला दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका थिए। दाहालको अझै दुई वर्ष कार्यकाल बाँकी रहेको छ।लक्की शेर्पालाई फिर्ता बोलाएपछि दाहाल राजदूतमा नियुक्त भएका थिए।सरकारले सोमबार नै माओवादी कोटमा प्रदेश प्रमुख बनेका अमिक शेरचन र शर्मीला त्रिपाठीलाई पनि पदमुक्त गर्न सिफारिस गर्दै नयाँ प्रदेश प्रमुखमा २ जना एमाले कार्यकर्तालाई सिफारिस गरेको थियो ।हाललाई फिर्ता बोलाउने निर्णय गरेपनि सरकारले ओमानका लागि नेपाली राजदूत शर्मीला ढकाल पराजुली र जापनका लागि राजदूत प्रतिभा राणालाई अर्को व्यवस्था नभएसम्म निरन्तरता दिने भएको छ।परराष्ट्र स्रोतका अनुसार उनीहरुको कार्यकाल सकिएको भए पनि अर्को व्यवस्था नभएसम्म म्याद थपिएको छ ।

कमेन्ट गर्नुहोस्