लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सपुत फेरी ट्रेण्डिङ्गमा ‘मेरो पनि हैन र यो देश’ (भिडियो)

IMG

तिलोत्तमा २०७८ बैशाख १६ गते बिहिबार।’बोलमाया’ र ’गलबन्दी च्यातियो’, दोहोरि ब्याटलजस्ता गीतबाट प्रशंसा कमाएका गायक प्रकाश सपूत नयाँ गीत मार्फत फेरि चर्चामा छन् ।सपूतले गत शुक्रबार आफ्नो युट्युब च्यानल मार्फतसार्वजनिक गरेको ’मेरो पनि हैन र यो देश’ नामको गीतले ३ दिनमा युट्युबमा १५ लाख भन्दा बढी भ्यूज पाउँदै ट्रेन्डिङको शिर्ष स्थानमा आफूलाई राखेको छ ।


गीतमा शब्द, संगीत र स्वर प्रकाशको छ । उनले देशको सांस्कृतिक विविधता र विविधताभित्रको दुःख र वेदनाहरुलाई गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् । गीतले राष्ट्रिय एकताको भावना बोल्छ । गीतमा हिमाल, पहाड, तराईको सांस्कृतिक पहिचान झल्काउने संगीत, नृत्य तथा लवजलाई प्रस्तुत गरेका छन् । नेपाली नागरिक हुनुमा गौरवसँगै गुनासो पनि भएका नागरिकहरुको कथा गीतमा पोखिएको छ । यो गीतमा स्वर, शब्द र संगीत उनकै छ ।


भिडियोका निर्देशक र परिकल्पनाकार पनि उनै हुन्। गीतमा संगीत संयोजन, पार्श्व संगीत, साउन्ड डिजाइन, मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाईलीले गरेका छन्।


कमेन्ट गर्नुहोस्