लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सम्भावना बोकेकी सरु कटुवालको शानदार अभिनय मा " त्यो मन भित्र "

IMG

तिलोत्तमा २०७८ बैशाख १३ गते सोमबार। बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्बजनिक गरिएको नया म्युजिक भिडियो अहिले चर्चामा छ। हेर्दा नया नलाग्ने अभिनयमा उचाइ अंगालेकी नायिका तथा मोडल सरु कटुवालको अभिनय रहेको गीत सार्बजनिक भएसंगे उनको चर्चा नेपाली म्युजिक भिडियोमा चुलिएको छ।


निरज केसी र अनु चौलागाईको समेत अभिनय रहेको नया म्युजिक भिडियो  " त्यो मन भित्र "लाइ उपेन्द्र कुमार राइले निर्देशन गरेका हुन्। नारायण एकलको शब्द तथा संजिव धिमालको आवाज तथा संगीतमा बिशाल हुमागाईंको एरेंजिंग रहेको म्युजिक भिडियोमा मनभित्रको माया र त्याग अनि समर्पणलाइ देखाइएको छ। पाथिभरा डिजिटल रेकर्डिङ्ग स्टुडियो इटहरीमा रेकर्ड गरिएको सो गीतलाई युकेआर प्रोडक्सनले तयार पारेको हो। लक्ष्मी घिमिरे कार्कीको निर्माणमा तयार म्युजिक भिडियोलाई विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको हो भने सो गीतलाई किरण राइले सम्पादन गरेका हुन्।"क"प्रोडक्सनको ब्यानरमा तयार म्युजिक भिडियोमा रोशन गुरुङ,रञ्जन श्रेष्ठ ,उमेश डागीको बिशेस सहयोग रहेको छ।  


नेपाली मोडलिङ्ग क्षेत्रमा उदाएकी नव मोडल सरुको अभिनयले उनको आगामी सांगीतिक यात्रा र अभिनयको यात्रा सहज हुने देखिन्छ। उनको ससक्त अभिनय र मेहनत अनि लगावले नेपाली सांगीतिक क्षेत्रमा नया तर सम्भावित अनुहार आएको अनुभूत हुन्छ। अभिनयमा पुरानो र पाको लाग्ने उनको अभिनयलाई दर्शकले कत्तिको मनपराउने हुन् त्यो हेर्न भने बाकी छ। पछिल्लो समय म्युजिक भिडियोमा जम्न तयार रहेकी मोडल हुन्- सरु कटुवाल। उनले यसपछि अर्को भिडियोको लागि समेत कुरा भैसकेको बताएकी छिन। 


कमेन्ट गर्नुहोस्