लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौरीको प्रश्न–‘धरहरा त उठ्यो, हामी कहिले उठ्ने ?

IMG

 तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार। नायिका गौरी मल्ले पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुशी व्यक्त गर्दै नेपालीहरुको जीवनस्तर भने कहिले उठ्छ भनेर प्रश्न गरेकी छिन् । वि.सं २०७२ सालमा गएको भूकम्पले ढलेको धरहरा पूननिर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै धरहराको उद्घाटन समेत गरेका छन् ।गौरीले धरहरा उठेको प्रसंग कोट्याउँदै लेखेकी छिन्–‘लाग्छ यो पटक धरहराले बलियो बनोट पाएको छ । सानका साथ पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन समक्ष बन्यो ।


धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन । धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीले पनि धरहराको जस्तै बलियो जग भएको जीवनस्टर कहिले पाउने ? हरेक कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने । धरहराले जस्तै । हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ?

कमेन्ट गर्नुहोस्