लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मदानीमा नेती मेरो आत्मसन्तुष्टिको लागि हो,म खुशी छु: तिलु शर्मा

IMG

तिलोत्तमा २०७८ बैशाख १० गते शुक्रबार। पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीतको क्षेत्र निकै फराकिलो बन्दै गहिरहेको छ । केही बर्ष पहिलेको तुलनामा अन्य गीतसंगीत भन्दा लोकगीत लोकदोहोरी गीत मन पराउने श्रोता दर्शक पनि देश बिदेशमा ह्वात्तै बढेको महशुस गर्न सकिन्छ । उसो त पछिल्लो समय गीतले मागे अनुसारको लगानी कुनै कन्जुस्याइँ नगरीकन गरेर महंगा भिडियो बनाउने सकेसम्म भिडियोमा स्टार हिरो हिरोईन लाई फिचर गराउने प्रचलन पनि बढ्दो छ । केही समय अगाडि सार्वजनिक भएको एउटा उत्कृष्ट मौलिक गीत हो मदानीमा नेति जसको सम्पूर्ण लगानी नेपाली गीतसंगीत लाई माया गर्ने सांगीतिक शुभचिन्तक तिलु शर्माले गरेका हुन् । गीतले मागे अनुसार कुनै कुरामा कम्प्रमाइज नगरि उत्कृष्ट भिडियो बनाएर शर्माले आफ्नै युटुब बाबा  इण्टर्टेनमेण्टबाट गीत बजारमा त ल्याए तर गीतले अपेक्षा गरे अनुसार र लगानी अनुसारको प्रतिफल दिन भनौं दर्शक पाउन सकेन ।


तिलु भन्छन् म गायक स्रस्टा सर्जक केहिपनी होईन म बिशुद्द नेपाली सांगीतिक क्षेत्रको एक शुभचिन्तक हु । यो क्षेत्रलाई कसरी अगाडि बढाउने र कसरी मौलिकता बचाउने भन्ने चिन्ता छ । हरेक काममा व्यावसायिक आशा त अलिकति हुन्छ नै तर पैसा नै कमाउने उदेश्यले यो गीतमा लगानी भने गरेको होईन । गीत जस्तो भएपनी बुस्ट गरेर करोडौं भ्युज देखाउने प्रचलनलाई पनि उनले अपनाएनन् भन्छन् ” देखावटी भ्युज पाएर के गर्नु त्यसबाट मेरो गीत यस्तो भो यति गयो हिट भयो भन्ने एउटा भ्रम मात्रै प्राप्त हुने हो लाखौं लगानी गरेको गीतमा भ्युज नै देखाउने होडमा लाग्थे भने बुस्ट पनि गर्न सक्थे तर जति पनि दर्शक स्रोतले मनदेखी माया गरेर गीत क्लिक गर्नुभयो म त्यसमै खुशी छु ।यो मेरो आत्मसन्तुष्टिको लागि गरिएको एउटा प्रयास हो ।नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई गीतले जुरुक्क बोकेको छ  l युवा पुस्ताका निकै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाजमा रहेको नेतीले चर्चा पाइरहेको छ l  गीत मा शब्द शरद पाण्डेले कोरेका छन् भने गीतको म्युजिक गायक परियार कै रहेको छ। 


भिडियोमा आफ्नो प्रेमिकाको नजिक अरूले प्रवेश गर्दा रिसको आवेगमा निम्तिएको गम्भीर समस्या र प्रहरीको  खोजी सूचिमा रहेका प्रेमी वरिपरि घुम्ने कथालाई फिल्मी शैलीमा प्रवीन थापाले आकर्षक शैलीमा  तयार पार्दै निर्देशित गरेका छन् l  राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। गायक गायिका द्वयलाई प्रहरीको भूमिकामा पेस गरिएको भिडियो बाबा  इण्टर्टेनमेण्ट टिभी युट्युब च्यानलबाट बजारमा आएको छ l 

भिडियो हेर्नुहोस्  :


कमेन्ट गर्नुहोस्