लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेयरले खुवाए बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

IMG

तिलोत्तमा २०७८ बैशाख ६ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ।  नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बालबालिकालाई सो औषधि खुवाउदै कार्यक्रमको शुरुवात गरेका छन्। राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् पाँच वर्षसम्मका बालबालिकालाई आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । सोमबार खान छुटेकालाई मंगलबार समेत भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।


तिलोत्तमा नगरपालिकामा वडा नं. १ स्थित आधारभूत स्वास्थ्य केन्द्रबाट नगर प्रमुख बासुदेव घिमिरेले कार्यक्रमको विधिवत शुभारम्भ गरेका हुन्। यस अभियानमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए तथा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले  आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकहरुलाई आग्रह गर्नुभयो  । राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउँदै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई समेत अहिले पनि खुवाउनु पर्ने  स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्