लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको बेलडाँडामा सवारी दुर्घटना, ३ जना घाइते

tillotmacitynews - 2021 Apr 18 06:51 PM
IMG

तिलोत्तमा २०७८ बैशाख ५ गते। रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । तिलोत्तमा नगरपालिका-११ बेलडाँडा स्थित भित्री सडक खण्डमा आइतबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४२ प ९७९७ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु ५५ प ७५९८ नम्बरको मोटरसाइकलले दुर्घटना दिँदा सो दुर्घटना भएको हो ।


दुर्घटनामा परी स्कुटर चालकका चालक तिलोत्तमा नगरपालिका-११ की २४ वर्षीय मनिका बस्याल, मोटरसाइकलका चालक देवदह नगरपालिका-३ का २२ वर्षीय बिजय गुरुङ र मोटरसाइकको पछाडी सवार बुटवल उपमहानगरपालिका-११ का २० वर्षीय रिजन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।घाइते तीनै जनालाई उपचारको लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।

कमेन्ट गर्नुहोस्